"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो

Table of Content

काठमाण्डौ — अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।

गएको आर्थिक वर्ष २०८२/८३ मा अलैँची निर्यातबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा यस नाकाबाट सात अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात कारोबार चार अर्ब ९६ करोड २९ लाख ३३ हजार रुपैयाँले वृद्धि भएको हो । प्रतिशतका आधारमा अलैँची निर्यात झण्डै ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ । कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ । गएको आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ४२ लाख ९४ हजार ५५० किलो मात्रै अलैँची निर्यात भएको थियो ।

काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो । नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बालीमध्ये एक हो । यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्‍याउँदै आएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०