"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुनसरीका विभिन्न १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

Table of Content

काठमाण्डौ – सुनसरीको देवानगन्जमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न १० क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति फेरि कर्फ्यु विस्तार गरी १० पालिकामा लागू गरेको हो ।

प्रशासनले गएराति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका– १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, रामधुनी नगरपालिका– १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लगाएको हो ।

कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले जानकारी दिनुभएको छ । यसअघि सोमबार बिहानदेखि लगाइएको कर्फ्यु केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो । तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण भएपछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

गए रातिदेखि फेरि तेस्रो पटक प्रशासनले कर्फ्यु थप विस्तार गरेको हो । देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरेका छन् ।

940x380-प्रमुख_जिल्ला_अधिकरीवाट_जारी_कर्फ्यु_आदेश_।_मिति_२०८३।०४।१२_१-1785291880.jpg

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०