"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भरतपुरको तथ्याङ्कअनुसार चितवन जिल्लामा लागूऔषधसम्बन्धी मुद्दा ४९ प्रतिशतले बढ्यो

Table of Content

भरतपुर । जिल्ला प्रहरी कार्यालय भरतपुरको तथ्याङ्कअनुसार चितवन जिल्लामा लागूऔषधसम्बन्धी मुद्दा ४९ प्रतिशतले बढेको छ । अघिल्लो आव ०८१/०८२ मा १ सय ८५ वटा मुद्दा रहेकोमा गत आव ०८२/०८३ मा मुद्दा संख्या बढेर २ सय ७५ पुगेको छ । अन्य मुद्दाको तुलनामा सवैभन्दा बढी लागूऔषध मुद्दाको बढ्ने क्रम देखिन्छ । दोस्रो नम्बरमा बैकिङ कसुर रहेको छ ।

विगत ७ वर्षको तथ्याङ्कलाई हेर्दा चितवनमा हरेक वर्ष लागूऔषध मुद्दाको संख्या बढ्दो क्रममा छ । आव ०७६÷०७७ मा ८५ वटामात्रै मुद्दा दर्ता भएकोमा आव ०८२/०८३ मा २७५ मुद्दा संख्या पुगेको हो । लागूऔषध कारोवार र सेवनको घटना अस्वाभाविकरुपमा बढेको भन्दै प्रहरीले कानुनी साक्षरता र कारबाहीलाई तीव्रता दिएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रवक्ता चन्द्र भुसन यादवले फरक प्रकृतिका लागूऔषधमध्ये गाँजा र ट्रमाडोल अत्यधिक सेवन तथा बिक्रीवितरणको क्रममा फेला पर्ने गरेको बताए ।
गत वर्षमात्रै चितवन प्रहरीले १ हजार ५ सय ६० केजी गाँजा बरामद गरेको छ । त्यस्तै, ५५ हजार क्याप्सुल ट्रमाडोल वरामद गरेको छ । गत वर्षमात्रै चितवन प्रहरीले ३ बिगाहा १५ कठ्ठामा लगाएको गाँजा र १२ बिगाहा ४० कठ्ठामा लगाएको अफिम नष्ट गरेको थियो ।

‘मुद्दाको चाप हेर्दा पनि लागूऔषध बढी छ’, प्रवक्ता यादवले भने, ‘कारोबारी वा सेवनकर्ता जे भए पनि लागूऔषधमै मुद्दा चल्ने र अनुसन्धानको क्रममा संलग्नता यकिन हुने भएकाले सुरूमै कारोबारी वा प्रयोगकर्ता के हो भनी छुट्याउन सकिँदैन । लागूऔषध मुद्दामा प्रहरीलाई अनुसन्धानका लागि ९० दिनको समय हुन्छ ।’

उमेर समूहको हिसाबले हेर्दा २० देखि ३० वर्ष उमेर समूहका मानिसहरुको बढी संलग्नता देखिएको छ । पुरूषको तुलनामा महिलाको संख्या कम छ, तर लागूऔषधसम्बन्धी कसुरमा कम उमेरका बालकहरु समेत पक्राउ पर्ने गरेका छन् ।

युवा अवस्थामा मानिसहरु लागूऔषधको सेवन तथा कारोबारमा फस्नाले समाजमा समेत यसको नकारात्मक असर परेको प्रवक्ता यादव बताउँछन् । आव ०७७/०७८ मा ९५, आव ०७८/०७९ मा १०६, आव ०७९/०८० मा १०७, आव ०८०/०८१ मा १५१, आव ०८१/०८२ मा १८५ र आव ०८२/०८३ मा २७५ लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०