"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्पेनका पूर्वप्रधानमन्त्रीले फ्रान्सेली विश्वकप टोलीबारे गरे ‘रंगभेदी’ टिप्पणी

Table of Content

काठमाडौं । स्पेनका पूर्वप्रधानमन्त्री मारियानो राजोयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा कोही वास्तविक फ्रान्सेली खेलाडी नरहेको आशयको टिप्पणी गरेका छन् । योसँगै स्पेन र फ्रान्स दुवै देशमा उनको व्यापक आलोचना भइरहेको छ ।

स्पेनले मंगलबार (नेपाल समयानुसार बुधबार बिहान) विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ । आइतबार स्पेनिस अनलाइन समाचारमाध्यम एल डिबेटमा प्रकाशित एक विचार लेखमार्फत राजोयले उक्त टिप्पणी गरेका हुन् । यसलाई स्पेनका वर्तमान प्रधानमन्त्री पेड्रो सान्चेजले रंगभेदी र जेनोफोबिक अभिव्यक्ति भन्दै कडा आलोचना गरेका छन् ।

सान्चेजले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “अझै पनि केही मानिसले थर, जन्मस्थान वा छालाको रङका आधारमा कुनै व्यक्तिको राष्ट्रिय पहिचान निर्धारण गर्छन् । तर, हाम्रो विचारमा राष्ट्रिय पहिचान देशसँगको सम्बन्ध, त्यसप्रतिको प्रतिबद्धता र योगदानबाट तय हुन्छ ।”

उनले थपे, “स्पेन उनीहरूको हो, जसले यस देशलाई माया गर्छन् र यसको प्रगतिका लागि काम गर्छन् । रंगभेदी अभिव्यक्तिमार्फत देशलाई लज्जित बनाउनेहरूको होइन ।”

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले पनि राजोयको टिप्पणीको आलोचना गर्दै उनलाई फ्रान्को शासनपछिको सोचबाट मुक्त हुन नसकेको व्यक्तिको संज्ञा दिएका छन् ।

फ्रान्सका नेताहरूको कडा प्रतिक्रिया
राजोयको अभिव्यक्तिको फ्रान्समा पनि तीव्र विरोध भएको छ । फ्रान्सका गृहमन्त्री लाउरेन्ट नुनेजले समाचार च्यानल बीएफएमटीभीसँग यस्तो टिप्पणी पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।

फ्रान्सेली कम्युनिस्ट पार्टीका नेता फाबियन रुसेलले राजोयको टिप्पणीलाई हालै पाराग्वेका एक सिनेटरले फ्रान्सेका स्टार खेलाडी किलियन एम्बाप्पेबारे गरेको विवादास्पद अभिव्यक्तिसँग तुलना गर्दै भने, “यस्ता मानिस रंगभेदी टिप्पणी गर्नबाट आफूलाई रोक्नै सक्दैनन् ।”

भेदभावविरुद्धकी मन्त्री अरोर बर्जेले पनि यस्ता बारम्बार दोहोरिने रंगभेदी अभिव्यक्तिको निन्दा गर्दै भनिन्, “अब यस्ता टिप्पणी बन्द हुनुपर्छ । खेल फेरि खेलकै रूपमा रहनुपर्छ, जहाँ खेलाडीहरूको मूल्यांकन उनीहरूको प्रतिभाका आधारमा होस्, अरू कुनै मापदण्डका आधारमा होइन ।”

फ्रान्सकी समुद्रपार क्षेत्र मामिलामन्त्री नाइमा मुत्चुले यस्ता टिप्पणीलाई आफ्नो देश र फ्रान्सेली राष्ट्रको पहिचानप्रति गरिएको व्यवस्थित र व्यापक घृणाको प्रमाण भएको बताइन् ।

उनले भनिन्, “हरेकपटक फ्रान्सको राष्ट्रिय फुटबल टोलीले जित हासिल गर्दा उही रंगभेदी पूर्वाग्रह र अपमानजनक टिप्पणी फेरि दोहोरिन्छन् ।”

फ्रान्सेली समाजवादी पार्टीका नेता ओलिभिए फोरले एक्समा लेखेका छन्, “फ्रान्सको कुनै छालाको रङ वा धर्म हुँदैन ।”

म्याड्रिडस्थित फ्रान्सेली दूतावासले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै स्पष्ट पारेको छ, “फ्रान्सेली टोलीका सबै खेलाडी फ्रान्सेली हुन् । २६ खेलाडीमध्ये २३ जना फ्रान्समै जन्मिएका हुन् । विदेशमा जन्मिएका बाँकी तीनजना पनि फ्रान्सेली नागरिक नै हुन् ।”

फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले राजोयको अभिव्यक्तिमा रंगभेदको असहनीय झल्को रहेको टिप्पणी गरेका छन् । अलजजिराबाट ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

meta_kkXrFO6sbr

सामाजिक सञ्जालमा ठगीविरुद्ध मेटाको कडा कदम

काठमाण्डौ – सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम...
1790155492-riF3O

रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव

काठमाडौं,असोज ७ – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार...
Airport_TMI1GTiMhu

काठमाण्डौ विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाण्डौ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ...
WhatsApp Image 2026-09-23 at 1.36.43 PM

राप्तीमा निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध ७ दिने अल्टिमेटम

राप्ती, चितवन । राप्ती नगरपालिकाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयहरूले गरेको भनिएको शुल्क वृद्धिको विरोधमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०