"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

Table of Content

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 

आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २४१ जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् । 

यस्तै आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थीले परीक्षा दिएकोमा ३६ हजार ४२० जना उत्तीर्ण भएका छन् । नियमित र आंशिकतर्फ गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ६८ हजार १९० जना उत्तीर्ण भएका छन् । ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । 

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको वेबसाइटमा लगइन गरेर  हेर्न सकिन्छ । साथै एसएमएसमा NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर  पनि हेर्न सकिन्छ ।

नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Arrestq-1735631732

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मंगलबार पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा...
20th-asian-games-1785977091

२० औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

२० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।...
1769076389-4yTS1

वडास्तरमै मतदाता नामावली अद्यावधिक, स्थानीय तहलाई सहजीकरण गर्न आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि...
Harmuz_waterway_xsdwVqwAhX

हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको...
1-1785931917

सार्वजनिक पुस्तकालयको ताला खुल्यो, पुस्तकका पाना खोल्न बाँकी

काठमाण्डौ – झण्डै चार महिनादेखि बन्द भृकुटीमण्डपको काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०