"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने

Table of Content

नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालनको तयारी, सरकारलाई सिधै सुझाव दिन मिल्ने

काठमाण्डौ – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ । 

यस प्रणालीमार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यवहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ । साथै, सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले ‘नागरिक चौतारी’ सुशासन सुदृढ गर्ने महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिकमैत्री र परिणाममुखी बनाउनेछ । सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोड्ने तयारी गरेको जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas-5-1770802086

‘आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्नुहोस्’

चितवन : नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका...
Naagdhunga-Tunnel-_-58-1-scaled (1)

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौँ, साउन ११ – नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ ।...
Screenshot 2026-07-27 111704

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन । नेपालमा...
Bhajan_yuba

सामाजिक सञ्जालदेखि मन्दिरसम्म : एमआरआरले जोड्यो हजारौँ युवा

भरतपुर । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण...
Untitled-design-1

उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा छविलाल कँडेल

गैंडाकोट । जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०