"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक

Table of Content

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि जेठ महिना पनि त्यति लाभदायक मान्न सकिँदैन । ६ वटा फिल्म प्रदर्शनमा आएको यस महिनाको कुल बक्स अफिस कलेक्सन ३ करोड ५५ लाख ९६ हजार ५२० रुपैयाँ (ग्रस कलेक्सन) मात्र रहेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यी फिल्म हेर्न १ लाख २२ हजार ३८० जना दर्शक हलसम्म पुगेका छन् । जेठ महिनामा प्रदर्शनमा आएका फिल्महरूमा ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’, ‘काजी’, ‘मितज्यु’, ‘रोल नं १’ र ‘कुम्भ’ रहेका छन् ।

जेठमा प्रदर्शनमा आएका ६ फिल्ममध्ये बक्स अफिस कलेक्सनमा ‘रोल नम्बर १’ व्यावसायिक रूपमा सबैभन्दा अगाडि देखिएको छ । चलचित्र विकास बोर्डले गत आइतबार राती १२ बजेसम्म सार्वजनिक गरेको रिपोर्टअनुसार यस फिल्मले बक्स अफिसमा १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्म हेर्नका लागि कुल ४७ हजार १५१ जना दर्शक हलसम्म पुगेका छन् ।

विनोद पौडेलको निर्माण र जोन योञ्जनको निर्देशन रहेको यस फिल्ममा मुकुन भुषाल, सुशांक कार्की, रेणु नाथ योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्मले शिक्षा, पारिवारिक सम्बन्ध, विद्यार्थी जीवनका चुनौती र सामाजिक यथार्थलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।

दोस्रो स्थानमा रहेको फिल्म ‘मितज्यु’ ले पनि बलियो व्यापार गरेको छ । फिल्मको कुल व्यवसाय १ करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ रहेको छ । यो अवधिमा यस फिल्मलाई ४६ हजार १५४ दर्शकले हलमा हेरेका छन् । जनक घर्ती मगरको निर्माण तथा अनिल बुढामगरको निर्देशन रहेको यो फिल्म ग्रामीण परिवेश र सम्बन्धको भावनात्मक कथामा आधारित छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल र डान्सर तेरिया फौज मगर मुख्य भूमिकामा छन् । ‘रोल नं १’ र ‘मितज्यु’ अझै पनि प्रदर्शनरत रहेकाले यिनीहरूको व्यवसाय अझै बढ्न सक्ने देखिन्छ ।

त्यस्तै, यस महिना प्रदर्शनमा आएको फिल्म ‘काजी’को व्यवसाय औसत रह्यो । फिल्मले बक्स अफिसमा कुल ४४ लाख ४८ हजार ६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अवधिमा फिल्म हेर्न १४ हजार ३२४ जना दर्शक हलसम्म पुगेका छन् । रामप्रसाद रिजालको प्रस्तुतिमा लक्ष्मण रिजालले निर्देशन गरेको यस फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । फिल्मले प्रेमकथा पस्किएको छ ।

‘काजी’को तुलनामा ‘लाइफ ड्यामेज’को व्यवसाय केही कमजोर रह्यो । फिल्मले ३४ लाख ६६ हजार २९० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अवधिमा फिल्म हेर्ने दर्शकको संख्या ११ हजार ३७१ रहेको छ । पारिवारिक कथालाई फरक तवरले प्रस्तुत गरिएको यस फिल्ममा सुरक्षा पन्त, निमेष श्रेष्ठ र ईशा थापा लगायतको अभिनय छ । यो फिल्म निमेष श्रेष्ठले निर्देशन गरेका हुन् ।

त्यसैगरी, जेठ महिनामा प्रदर्शनमा आएका मध्ये सबैभन्दा कमजोर व्यवसाय गर्ने फिल्ममा ‘एक मुठ्ठी बादल’ र ‘कुम्भ’ देखिएका छन् । फिल्म ‘एक मुठ्ठी बादल’ले बक्स अफिसमा मात्र ५ लाख २१ हजार ८२५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा यो फिल्म केवल १ हजार ५०१ जना दर्शकले हेरेका छन् । फिल्मले नेपाली समाजमा गहिरो गरी जकडिएको दाइजो प्रथा र पारिवारिक जटिलताको विषय उठान गरेको छ । आँचल शर्मा, निशा शर्मा र उषा रजकको मुख्य भूमिका रहेको यो फिल्म साहारा शर्माले निर्देशन गरेकी हुन् ।

अर्को फिल्म ‘कुम्भ’को बक्स अफिस व्यवसाय भने ३ लाख ९१ हजार १० रुपैयाँ मात्र रहेको छ । यस अवधिमा यो फिल्म कुल १ हजार ८७९ जना दर्शकले हेरेका छन् । अशोक आर्यन, सुनील थापा, सुशील पोखरेल लगायतको अभिनय रहेको यो फिल्म रणधीर श्रेष्ठले निर्देशन गरेका हुन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बढ्न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, ४२ प्रतिशत मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी रहँदा (२५ असारसम्म) बैंक तथा वित्तीय संस्थामा १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । न्यून कर्जा माग र बढिरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालु वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढेको देखिन्छ ।  बढ्न...

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ – धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक...

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०