"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

Table of Content

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ।

सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा वर्णानुक्रमलाई आधार बनाइएको भन्दै विवाद उत्पन्न भएको थियो।

उक्त नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको इजलासले निर्णय आधारहीन र सुशासनसम्बन्धी कानुनको प्रत्यक्ष उल्लङ्घन भएको निष्कर्ष निकालेको हो। अदालतले नियुक्ति प्रक्रियामा पारदर्शिता र निष्पक्षता नदेखिएको भन्दै गम्भीर त्रुटि भएको ठहर गरेको छ।

फैसलामा योग्यताक्रमका आधारमा नियुक्ति नगरी “पिक एन्ड चुज” शैली अपनाइएको उल्लेख गर्दै सम्बन्धित निर्णय बदर गरिएको छ। साथै, योग्यताक्रमअनुसार पुनः नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

यस फैसलालाई सरकारका लागि कानुनी र प्रशासनिक दृष्टिले महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ भने सार्वजनिक नियुक्ति प्रक्रियामा पारदर्शिताबारे पुनः बहस सुरु भएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ – धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक...

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सुरु, बागमती सफा हुने अपेक्षा

ललितपुर। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार ३० असारदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता राख्छ। पीआईडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सीजीसीओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा महत्त्वपूर्ण...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०