"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकपमा पहिलाे जीत खाेजिरहेकाे क्यानडाले बाेस्नियासँग खेल्दै

Table of Content

विश्वकपमा पहिलाे जीत खाेजिरहेकाे क्यानडाले बाेस्नियासँग खेल्दै

काठमाण्डाै – फिफा विश्वकप फुटबलमा आज राति सहआयोजक क्यानडाले र बोस्निया एन्ड हर्जगोभिनासँग खेल्दैछ । समूह ‘बी’ को यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा नेपाली समय अनुसार राति पौने १ बजे शुरू हुनेछ ।

प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानडा र बोस्नियाको यो पहिलो भेट हुनेछ ।

क्यानडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो । यसअघि सन् १९८६ र २०२२ को विश्वकपमा सहभागी भएको क्यानडा अहिले आयोजकका रूपमा सीधै छनोट भएको हो । क्यानडाले अहिलेसम्म विश्वकपमा ६ वटा खेल खेल्दा १ खेल पनि जित्न सकेको छैन । दुवै पटक समूह चरणबाटै बाहिरिएको क्यानडाले ६ खेलमा २ गोल गरेको छ ।

यस्तै बोस्निया एन्ड हर्जगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो । यसअघि बोस्नियाले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यति बेला बोस्नियाले १ खेल जित्दै र २ खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो । यस पटक बोस्नियाले चार पटकको विजेता इटालीलाई पेनाल्टी शुटआउटमा हराउँदै विश्वकपमा छनोट भएको हो ।

फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वे खेल्दैछन् । यो खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा नेपाली समय अनुसार पौने ७ बजे शुरू हुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०