"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्‍याउने विश्व बैङ्कको चेतावनी

Table of Content

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्‍याउने विश्व बैङ्कको चेतावनी

काठमाण्डौ – मध्यपूर्वमा चलिरहेको इरान-अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड–१९ महामारीपछिकै सबैभन्दा सुस्त वृद्धिदरतर्फ जाने जोखिम बढेको भन्दै विश्व बैङ्कले चेतावनी दिएको छ । 

विश्व बैङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स प्रतिवेदनमा सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिदरको अनुमान २.९ प्रतिशतबाट घटाएर २.५ प्रतिशतमा झारेको छ । ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ्नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व बैङ्कका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा गम्भीर असर पारेको छ । 

विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भएको छ । प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ९४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गत वर्षको औसतभन्दा ३६ प्रतिशत बढी हो । 

मलखादको मूल्य पनि उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ, जसले खाद्यान्न मूल्यमा थप दबाब सिर्जना गर्नेछ । विश्व बैङ्कले विश्वव्यापी मुद्रास्फीति यस वर्ष ४ प्रतिशत पुग्ने अनुमान गरेको छ । यो दर गत वर्षको ३.३ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो । प्रतिवेदनमा द्वन्द्व थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धिदर १.३ प्रतिशतसम्म झर्न सक्ने चेतावनी दिइएको छ । त्यस्तो अवस्थामा विश्वव्यापी मुद्रास्फीति ४.४ प्रतिशतसम्म पुग्न सक्ने विश्व बैङ्कको आङ्कलन छ । 

अमेरिका र इरानबीच भएको युद्धविराम अझै नाजुक अवस्थामा रहेको र दुवै पक्षबाट तनाव पुनः बढ्न सक्ने जोखिम कायम रहेकाले विश्व अर्थतन्त्रमाथि थप दबाब पर्न सक्ने विश्व बैङ्कले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...
can_cricket_k8Vyh7isr8

यू–१९ एसिया कप र विश्वकपका लागि छानिएका नेपालको प्रारम्भिक टोलीमा को-को समेटिए ?

आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक...
cm-office-sudurpaschim-(2)_0L8mzQiGiG

सुदूरपश्चिममा १४३ बहुवर्षीय योजना : १४ अर्बको ठेक्का, कामको गति कस्तो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०