"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयवासीले प्रतिकार गरे

Table of Content

सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयवासीले प्रतिकार गरे

काठमाण्डाै – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारु टाेल क्षेत्रमा आज भारतीय सशस्त्र सीमा बल (एसएसबी) सहितको टोली छिरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको छ ।

सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीयवासीले बताएका छन् । उनीहरूले त्यस क्रममा प्रतिकारसमेत गरेका छन् । एक स्थानीयवासीका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए ।

सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिच्याइँ गरेको विषय आजको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्कीदप्की गरेको र स्थानीयवासीले त्यसको प्रतिकार गर्नुपरेको भिडियो सार्वजनिक भएको भन्दै रक्षामन्त्री कहाँ हुनुहुन्छ ? भनेर प्रश्न गर्नुभएको छ ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ १७ गते प्रतिनिधिसभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

यसैबीच पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेले अहिले अवस्था सामान्य रहेकाे बताउनुभएकाे छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०