"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मुग्लिन–मलेखु सडकखण्डका चार पुल सञ्चालनको तयारी

Table of Content

मुग्लिन–मलेखु सडकखण्डका चार पुल सञ्चालनको तयारी

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडक खण्डका चार पुल असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । ती पुलको सामान्य बाहेकका काम सकिएका छन् ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ ।

पुलको प्लास्टर, रङ रोगन, ट्राफिक सुरक्षालगायत सामान्य कामहरू बाँकी छन् । हुग्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ । ती पुलको भुईँ र पिल्लरको काम भइरहेको छ । अलकत्राको अभावमा रोकिएको कालोपत्रेको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

अलकत्राको भाउ बढेर आउन छोडेपछि यहाँ कालोपत्रे काम रोकिएको थियो । ढल निर्माण, रेलिङलगायतका काम भने भइरहेको आयोजनाले जनाएको छ । सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ ।

यस खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । मलेखु, बेनीघाट र मुग्लिन खण्डमा दुई किलोमिटर सडक छ लेनको बन्नेछ । रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रका सात किलोमिटर सडक चार लेनको हुनेछ ।

सडकका विभिन्न क्षेत्रमा कालोपत्रेसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा, पुल निर्माणलगायत काम बाँकी छ । यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको हो । काठमाण्डौ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०