"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अमेरिकाद्वारा होर्मुजमा भारतीय जहाजमाथि आक्रमण, तीनजना बेपत्ता

Table of Content

काठमाडौं । ओमानको तटनजिकै बुधबार एउटा व्यापारिक जहाजमाथि भएको अमेरिकी आक्रमणको भारत सरकारले कडा निन्दा गरेको छ । उक्त आक्रमणपछि चालक दलका तीन भारतीय सदस्य बेपत्ता भएका छन् ।

भारतले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमार्फत औपचारिक विरोध दर्ता गराएको टाइम्स अफ इन्डियाले जनाएको छ ।


ओमानको खाडी पार गरिरहेको पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ नामको जहाजमाथि सटिक प्रहार गर्न सक्ने हतियार प्रयोग गरी आक्रमण गरिएको थियो । जहाजमा २४ जना भारतीय नाविक सवार रहेकामा २१ जनाको उद्धार गरिएको छ ।


भारतीय परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव नागराज नायडुले अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्सलाई बोलाएर औपचारिक कूटनीतिक विरोधपत्र बुझाएको बताए । हालैका दिनमा भारतीय चालक दलका सदस्यहरू सवार जहाजमाथि अमेरिकी सेनाले गरेको यो दोस्रो आक्रमण हो ।

‘सेटेबेलो’ अमेरिकी वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालयको कालोसूचीमा परेको जहाज थिएन । करिब २५ मिनेटसम्म चलेको बैठकमा भारतीय पक्षले यही विषयलाई विशेष रूपमा उठाएको थियो । भारतले यसअघिको घटनाप्रति भने सार्वजनिक विरोध जनाएको थिएन ।

भारतीय अधिकारीहरूले नाविकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै व्यापारिक जहाजहरूलाई निशाना बनाउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

यसअघि गत अप्रिलमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका भारतीय ट्यांकरहरूलाई निशाना बनाएपछि भारतले इरानी राजदूत मोहम्मद फथालीलाई बोलाएर विरोध जनाएको थियो ।

बुधबारको पछिल्लो घटनापछि भारतीय परराष्ट्र मन्त्रालयले क्षेत्रीय जलमार्गमा भइरहेका लगातारका आक्रमणलाई गम्भीर चिन्ताको विषय भएको बताएको छ ।

मन्त्रालयले व्यापारिक जहाज तथा नागरिक पूर्वाधारमाथि हुने आक्रमण तत्काल बन्द हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र तथा अवरोधरहित नौवहन र व्यापार पुनःस्थापित गरिनुपर्नेमा जोड दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०