"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारको समर्थन मूल्य कागजमै सीमित, किसानलाई १८००मा बेच्न पनि मुश्किल

Table of Content

चितवन, जेठ २४–

चैते धान लगाउने सिजनमै सरकारले न्यूनतम समर्थन मूल्य तोक्दा चितवनका किसान उत्साहित भएका थिए । विगतका वर्षमा धान पाकिसकेपछि मात्र मूल्य निर्धारण गर्ने परिपाटी तोड्दै सरकारले यसपटक रोपाइँकै समयमा प्रतिक्विन्टल दुई हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा समर्थन मूल्य घोषणा गरेको थियो । किसानले यसलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताका रूपमा बुझे । तर, खेतमा पसिना बगाएर धान भित्र्याउने बेला आइपुग्दा भने त्यो मूल्य कागजमै सीमित बनेको छ ।
पूर्वी चितवनका किसानहरू अहिले आफ्नो उत्पादन बिक्री गर्दा सरकारले तोकेको मूल्यको आधा जति रकममा समेत चित्त बुझाउन बाध्य छन् । यसले उत्पादन लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको किसानहरूको गुनासो छ ।
खैरहनीका किसान गणेश कुमार श्रेष्ठले डेढ बिघा जमिनमा चैते धान खेती गरेका छन् । उत्पादन घट्नुका साथै मूल्य पनि नपाउँदा आफू दोहोरो मारमा परेको उनी बताउँछन् । उनका अनुसार एक बिघामा २० देखि २२ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । रोपाइँका लागि खेतालाको ज्याला प्रतिव्यक्ति ९ सय रुपैयाँ पुगेको छ भने मलखादको मूल्य पनि महँगो भएको उनले बताए ।
‘लागत मूल्य उठाउन मात्र पनि धानको मूल्य प्रतिक्विन्टल चार हजार रुपैयाँ जति हुनुपर्छ,’ श्रेष्ठले धानको रास देखाउँदै भने ‘सरकारले समर्थन मूल्य तोक्यो भनेर खुसी भएका थियौँ । तर अहिले बजारमा त्यसको कुनै अर्थ देखिएन ।’ उनले आवश्यक समयमा मल सहज रूपमा नपाइने समस्या समेत रहेको सुनाए ।
चितवनका अर्का किसान सुवास थापा कृषि उत्पादनको लागत निरन्तर बढिरहे पनि धानको मूल्य भने घट्दै गएको बताउँछन् । उनका अनुसार ट्याक्टरको भाडा, मजदुरी र कृषि सामग्रीको खर्च बढ्दो छ । ‘खेतालाको ज्याला एक हजार रुपैयाँ पुगिसक्यो । ट्याक्टरको भाडा पनि महँगो छ,’ उनले भने ‘यस्तो अवस्थामा कम्तीमा तीन हजार रुपैयाँ प्रतिक्विन्टल मूल्य भए किसानलाई केही राहत हुन्थ्यो ।’
उनले छिमेकी जिल्लाका केही स्थानीय तहले धान खरिदका लागि दर निर्धारण गरेर किसानलाई सहयोग गरिरहेको उल्लेख गर्दै चितवनमा त्यस्तो पहल नदेखिएको गुनासो गरे । अघिल्लो एक वर्ष व्यापारीबीच प्रतिस्पर्धा हुँदा धानको मूल्य २८ सय रुपैयाँसम्म पुगेको स्मरण गर्दै उनले यसपटक किसानमाथि अन्याय भएको बताए ।
पूर्वी चितवनका अधिकांश किसानले अहिले फरक–फरक मूल्यमा धान बिक्री गरिरहेका छन् । कतिले प्रतिक्विन्टल १ हजार ५ सय रुपैयाँ पाएका छन् भने कतिले १ हजार ८ सय रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए । सरकारले तोकेको मूल्य र बजार मूल्यबीचको ठूलो अन्तरले किसान निराश बनेको उनको धनीराम चौधरी बताउँछन् ।
‘पाँच कठ्ठाको धान बेचेर परिवारको खर्च धान्न सकिन्थ्यो । अहिले त लागत उठाउन पनि गाह्रो भएको छ । मलको अभाव छ । जोताइको खर्च बढेको छ । सरकारले किसानलाई हेर्नुपर्छ ।’
कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा गत चैतको तेस्रो सातामै चैते धानको समर्थन मूल्य निर्धारण गरिएको थियो । किसानलाई उचित मूल्य सुनिश्चित गर्नु र उत्पादन वृद्धि गर्न प्रोत्साहित गर्ने सरकारको उद्देश्य थियो । तर व्यवहारमा भने उक्त निर्णय कार्यान्वयन हुन नसकेको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल बताउँछन् । उनले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार खरिद–बिक्री हुन नसकेको बताए । उनका अनुसार किसानको उत्पादन बजारसम्म पु¥याउने, खरिद प्रणालीलाई व्यवस्थित बनाउने र समर्थन मूल्य कार्यान्वयन गराउने विषयमा राज्यको सक्रियता आवश्यक छ ।
‘न्यूनतम समर्थन मूल्य घोषणा मात्रै गरेर हुँदैन,’ उनले भने ‘त्यो मूल्यमा खरिद सुनिश्चित गर्न सरकारी संयन्त्र र बजार व्यवस्थापन दुवै आवश्यक हुन्छ । किसानको पक्षमा सहजीकरण गर्नुपर्ने देखिएको छ।’
सरकारले १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि उक्त समर्थन मूल्य निर्धारण गरेको हो । यदि चिस्यान मात्रा १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाएर मूल्य कायम गर्ने व्यवस्था छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल ५५ रुपैयाँ ८० पैसा बढाइएको थियो । अघिल्लो वर्ष समर्थन मूल्य २ हजार ८ सय रुपैयाँ ६९ पैसा थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा बगाले पुनः सर्वसम्मत

चितवन — चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत चयन भएका छन्। संघको नयाँ नेतृत्व चयनका क्रममा बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा,...

राप्ती–४ को उतराखण्ड सडक स्तर उन्नति हुने । हाम्रो समाचारको औचित्य पूरा हुँदै

चितवन । राप्ती नगरपालिका–४ डडुवास्थित वडा कार्यालय चोकदेखि वडा नं. ४ र ५ जोड्ने भवानिपुर नयाँ पुलसम्मको सडक स्तरोन्नति गर्ने प्रक्रिया अघि बढेको छ। उक्त सडकको दुवैतर्फ नालासहित स्तरोन्नति गर्ने उद्देश्यले सर्वेक्षणको काम सुरु गरिएको हो। उक्त सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। अब भने करिब १ हजार ५८०...

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

काठमाडौँ,असोज २८- आगामी मंसिर १ गतेदेखि कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएका छन्। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि सेवा क्षेत्र र वन क्षेत्र थप गरिएका हुन्। परीक्षा क्षेत्रअनुसार...

मकवानपुरमा मतदाता सूचीबाट ३ हजार ४७२ मतदाताको नाम हटाइयो

मकवानपुर । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति...

प्रदेशसभा सदस्य वीरबहादुर थापाले मलाई राजीनामा पत्र बुझाउनु भएको छ : सभामुख भण्डारी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापाले आफूलाई राजीनामा पत्र बुझाएको सभामुख भीमबहादुर भण्डारीले पुष्टि गरेका छन् । बुधबार रातोपाटीसँग कुराकानी गर्दै भण्डारीले आफूलाई थापाले राजीनामा पत्र बुझाएको पुष्टि गरे ।  ‘उहाँले हिजो राजीनामा पत्र बुझाउनु भएको छ । तर, स्वीकृति गरिएको छैन र के गर्ने भन्नेमा म परामर्शमा छु’, उनले रातोपाटीसँग भने । ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०