"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हान्टाभाइरस नेपाल भित्रिने सम्भावना कति? कत्तिको घातक छ?

Table of Content

काठमाडौं – विश्वका विभिन्न मुलुकमा देखिएको हान्टाभाइरसको संक्रमणलाई लिएर नेपालमा पनि चासो र चिन्ता व्यक्त भइरहेको छ। स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा उक्त भाइरसको संक्रमण पुष्टि भइनसकेकाले त्रास र भयरहित अवस्थामा बस्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

हान्टा सार्न सक्ने ‘एन्डिज भाइरस’ भएका मुसा नेपालमा नपाइएकोले यसको त्रासबाट मुक्त हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो। हान्टा एक प्रकारको दुर्लभ भाइरस भएको र यो मुसाबाट मानिसमा सर्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन्। मुसाको दिसा, पिसाब तथा र्‍यालबाट यो मानिसमा सर्ने गर्छ। नेपालमा यसको संक्रमण हुनसक्ने अवस्था न्यून भए पनि सावधानी अपनाउन भने आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

भारतमा देखिएकाले सतर्कता अपनाउन डा. पुनको सुझाव
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हालसम्म नेपालमा हान्टाभाइरसको संक्रमण पुष्टि भइसकेको छैन, तर भयरहित वातावरणमा सावधानी अपनाउन उनी सुझाव दिन्छन्।

नेपालमा हालसम्म केस पुष्टि नभए पनि हुनसक्ने प्रशस्त कारण भएकाले संक्रमणको जोखिम भने कायम नै रहेको डा. पुनको दाबी छ। हान्टाभाइरस अमेरिका र एसिया महादेशमा पाइने फरक–फरक प्रकृतिको हुने डा. पुन बताउँछन्।

छिमेकी मुलुक भारतमा पनि केही केसहरू देखिएकाले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। मुसाबाट हान्टाभाइरसबाहेक स्क्रब टाइफस जस्ता रोगहरू पनि देखिन सक्ने भएकाले सतर्कता अपनाउनु अत्यावश्यक रहेको उनको तर्क छ। मुसा धेरै आउन सक्ने स्थानहरूमा सावधानी अपनाउन सके हान्टाभाइरसको संक्रमणबाट जोगिन सकिन्छ।

त्यस्तै, फोहोरमैला बढी फालिने स्थानमा जाँदा यसबारे सतर्कता अपनाउन आवश्यक छ। विदेशबाट नेपाल आएका मानिसहरूमा यस भाइरससँग मिल्दाजुल्दा लक्षणहरू देखिएमा अन्य व्यक्तिहरू उनीहरूको सम्पर्कमा नजान तथा त्यस्ता व्यक्तिहरूलाई आइसोलेसनमा बस्न डा. पुन सुझाव दिन्छन्। त्यस्ता व्यक्तिलाई कहाँ परीक्षण गर्ने भन्नेबारे यकिन जानकारी सरकारी तवरबाट नै प्रदान गरिनुपर्नेमा उनले जोड दिएका छन्।

हान्टाभाइरस के हो?
हान्टाभाइरस मुसा र अन्य कुतर्ने जनावरहरूबाट मानिसमा सर्ने एक दुर्लभ तर अत्यन्तै घातक भाइरस हो। यो भाइरस संक्रमित मुसाको मलमूत्र, पिसाब वा र्‍यालबाट दूषित हावा वा वस्तुको सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ।

यो कत्तिको घातक छ?
यस भाइरसको मृत्युदर निकै उच्च अर्थात् ३० देखि ४० प्रतिशतसम्म (कहिलेकाहीँ ५० प्रतिशतसम्म) हुन सक्छ।

नेपालमा जोखिम
हालसम्म नेपालमा हान्टाभाइरसको संक्रमण पुष्टि भएको छैन। तर, सरसफाइ र सावधानीमा ध्यान दिन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ।

लक्षणहरू
ज्वरो आउनु, अत्यधिक थकान, मांसपेशी दुख्नु, पेट दुख्नु, बान्ता हुनु र पखाला लाग्नु यसका सुरुवाती लक्षण हुन्। पछि गम्भीर श्वासप्रश्वास समस्या (फोक्सोमा पानी जम्ने) वा मिर्गौला फेल हुने अवस्था आउन सक्छ।

उपचार
यसको विरुद्ध कुनै विशेष खोप वा औषधि छैन, तर प्रारम्भिक अवस्थामै अस्पताल भर्ना भएर अक्सिजन सपोर्ट वा आईसीयू सेवा पाएमा ज्यान जोगाउन सकिन्छ।

हान्टाभाइरसबाट जोगिन के गर्ने?
हान्टाभाइरसबाट बच्ने मुख्य उपाय भनेको मुसाको सम्पर्कबाट जोगिनु र वरिपरिको वातावरण सफा राख्नु हो।

मुसा नियन्त्रण: घर, कार्यालय वा गोदाममा मुसाको प्रवेश रोक्ने र मुसा छिर्ने प्वालहरू टाल्ने।

सफाइमा सतर्कता: मुसाको दिसा वा पिसाब देखिएको ठाउँ सफा गर्दा अनिवार्य रूपमा मास्क र पञ्जा प्रयोग गर्ने। सुक्खा सफाइ नगर्ने; पहिला कीटाणुनाशक औषधि वा चिसो पानीले भिजाएर मात्र सफा गर्ने।

खाद्य सुरक्षा: खानेकुराहरू मुसाले नभेट्ने गरी बन्द भाँडोमा राख्ने।

व्यक्तिगत सरसफाइ: नियमित रूपमा साबुनपानीले हात धुने।

अनावश्यक भीडभाडबाट बच्ने: मुसाको बढी चहलपहल हुने ठाउँ (जस्तै: बन्द कोठा, गोदाम) मा काम गर्दा सावधानी अपनाउने।

चिकित्सकको परामर्श: अचानक तीव्र ज्वरो, श्वास फेर्न गाह्रो वा पेट दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०