"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

Table of Content

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई ३३ रनले हराएको छ । यससँगै हैदरावाद शीर्षस्थानमा पुगेको छ भने पञ्जाब दोस्रो स्थानमा झरेको छ । 

पञ्जाबले पछिल्लो ३ खेलमा लय गुमाउँदै लगातार ३ हार बेहोरेको छ । हैदरावादमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । हैदरावादले दिएको २३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाएर २०२ रनमात्र बनाउन सक्यो । 

हैदरावादको जीतमा अभिषेक शर्मा, ट्रभिस हेड र नितिश कुमारले २०० भन्दा बढीको स्ट्राइकरेटमा ब्याटिङ गरे । अभिषेकले १३ बलमा ३५, हेडले १९ बलमा ३८ र नितिशले १३ बलमा २९ रन बनाएका थिए । आईपीएलमा हैदरावाद ११ खेलमा १४ अङ्कका साथ तालिकाको शीर्षस्थानमा छ भने पञ्जाब १० खेलमा १३ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बैंलुरु र लखनउ सुपर जाइन्टस खेल्नेछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०