"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै

Table of Content

नेपाल ‘ए’ले स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दै

काठमाण्डौ – नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ । 

मुलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे खेल शुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ‘ए’ले अभ्यास शृङ्खला खेल्दैछ । 

नेपाल ‘ए’ले स्कटल्याण्ड र अमेरिकासँग दुई/दुई अभ्यास खेल खेल्नेछ । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार शृङ्खलाको दोस्रो खेलमा नेपालले भोलि अमेरिकाविरुद्ध खेल्नेछ । त्यसपछि पर्सि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपाल ‘ए’को चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ । 

आउँदो वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच त्रिवि क्रिकेट रङ्गशालामा आईसीसी विश्वकप क्रिकेट लिग-२ प्रतियोगिता हुँदैछ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०