"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अत्यधिक मदिरा सेवन र मोटोपनको दोहोरो जोखिम : २६–३४ वर्षका युवामा उच्च प्रभाव

Table of Content


एजेन्सी । विश्वव्यापी रूपमा जीवनका सानाठूला प्रत्येक क्षणलाई ‘सेलिब्रेशन’ बनाउने प्रवृत्तिसँगै मदिरा सेवन गर्ने संस्कार तीव्र रूपमा विस्तार हुँदै गएको छ । जन्मदिनदेखि सफलताको उत्सव, भेटघाटदेखि तनाव घटाउने तथा आधुनिक जीवनशैलीमा मधिराको अनिवार्य जस्तै बन्न थालेको छ । तर, यसरी सामान्यीकरण हुँदै गएको सेवनले स्वास्थ्य, व्यवहार र सामाजिक संरचनामा पार्ने दीर्घकालीन असरबारे बहस पनि उस्तै गहिरिँदै गएको छ ।

चिकित्सा जर्नल जामा इन्टरनल मेडिसिनमा प्रकाशित रिपोर्टका अनुसार मदिरा सेवन र मोटोपन जस्ता जोखिम रोकथाम गर्न सकिने भए पनि, यी दुवैले मिलेर कलेजोसम्बन्धी रोग र मृत्युदर बढाइरहेका छन् । 

अध्ययनले अत्यधिक मदिरा सेवन र मोटोपन एकै व्यक्तिमा सँगै देखिने प्रवृत्ति विश्वभर तीव्र रूपमा बढिरहेको देखाएको छ ।अध्ययनले यस अवस्थालाई केवल व्यक्तिगत स्वास्थ्य समस्या नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा व्याख्या गरेको छ । 

करिब ९ प्रतिशत जनसंख्यामा अत्यधिक मदिरा सेवन र मोटोपन दुवै समस्या एकैसाथ देखिन्छ । यो अनुपात प्रतिशतको हिसाबले सानो देखिए पनि जनसंख्याको ठूलो आधारलाई हेर्दा करोडौँ मानिसहरू यस दोहोरो जोखिममा पर्ने देखिन्छ । 

विशेषज्ञहरूका अनुसार यी दुई अवस्था छुट्टाछुट्टै रूपमा पनि गम्भीर स्वास्थ्य समस्या हुन्, तर जब एउटै व्यक्तिमा सँगै देखा पर्छन, तब यसको असर गुणात्मक रूपमा बढ्ने गर्दछ ।

मदिरा सेवन र मोटोपनको संयुक्त प्रभावले शरीरका विभिन्न प्रणालीमा एकैसाथ असर गर्छ । यसलाई वैज्ञानिक भाषामा ‘synergistic effect’ भनिन्छ । जसको अर्थ दुई फरक जोखिमले अलग–अलग असर गर्नुको सट्टा मिलेर अझ ठूलो क्षति पुर्‍याउनु हो । यस्तो अवस्थामा कलेजो रोगको जोखिम अत्यधिक बढ्ने, मुटु तथा रक्तनली सम्बन्धी समस्या जटिल बन्ने, शरीरको मेटाबोलिज्म बिग्रने र समयअघि मृत्यु हुने सम्भावना उल्लेखनीय रूपमा बढ्ने देखिएको छ ।

विशेषज्ञहरूका अनुसार अत्यधिक मदिरा सेवनले कलेजोमा बोसो जम्ने, हेपाटाइटिस र सिरोसिस जस्ता गम्भीर रोग निम्त्याउँछ भने मोटोपनले इन्सुलिन प्रतिरोध, मधुमेह, उच्च रक्तचाप र मुटु रोगको जोखिम बढाउँछ । यी दुवै समस्या एकैसाथ हुँदा शरीरमा बोझ अत्यधिक बढ्छ र रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । यसले दीर्घकालीन रूपमा स्वास्थ्य प्रणालीमा पनि ठूलो दबाब सिर्जना गर्ने सम्भावना देखिएको छ ।

अध्ययनले विशेषगरी २६ देखि ४९ वर्ष उमेर समूहमा यो समस्या बढी देखिएको उल्लेख गरेको छ । अनुसन्धानले २६ देखि ३४ वर्षको उमेर समूहका युवामा १० दशमलव ८ प्रतिशत व्यक्तिमा मोटोपना तथा मधिरापानले समस्या देखिएको छ । भने, ३५ देखि ४९ उमेर समूहका युवा १३ दशमलव ६ प्रतिशत र ५० देखि ६४ वर्षका वयस्कहरुका ११ दशमल १ प्रतिशतले यो समस्या रहेको छ ।  त्यस्तै, मदिराको सेवनबाट (Alcohol Use Disorder- AUD)  हुनेको संख्या पनि उल्लेख्य रहेको छ । यसकमा  २६ देखि ३४ उमेर समूहका ६ दशमलव २ प्रतिशत, ३५ देखि ४९ उमेर समूहका ५ दशमलव ८ प्रतिशत पुरुषहरुमा (Alcohol Use Disorder-AUD) रहेको पाइएको छ । AUD एक दीर्घकालनि चिकित्सकीय अवस्था हो । यस्ले व्यक्तिको सामाजिक मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर पार्छ । साथै, यस्ता व्यक्तिहरु मधिराबिना बाच्नै नसक्ने अवस्थामा पुगेको मानिन्छ । 

त्यस्तै,महिलाहरुमा पनि १८ वर्षदेखि २५ वर्ष उमेर समूहमा ९ प्रतिशत, २६ देखि ३४ वर्षका उमेर समूहमा ११ दशमलव ९ प्रतिशत, ३५ देखि ४९ प्रतिशतमा १० दशमलव ८ प्रतिशत, ५० देखि ६४ वर्षको ७ दशमलव मानिसमा यो समस्या देखिएको छ । जसमध्ये, महिलामा क्रमशः ४ दशमलव २ प्रतिशत, ५ दशमलव १, ४ दशमलव २ प्रतिशतमा (Alcohol Use Disorder- AUD)  यो समस्या रहेको अनुसन्धानले देखाएको छ । 


२६ देखि ४९ वर्षको उमेर समूहलाई समाजको आर्थिक र उत्पादनशील शक्ति मानिन्छ । उनीहरू रोजगारी, व्यवसाय, परिवार र सामाजिक जिम्मेवारीमा सक्रिय हुने भएकाले उनीहरूको स्वास्थ्यमा पर्ने असरले व्यक्तिगत मात्र नभई राष्ट्रिय स्तरमा पनि प्रभाव पार्दछ । अनुसन्धानकर्ताहरूका अनुसार आधुनिक जीवनशैली, तनाव, अनियमित खानपान, फास्ट फुडको बढ्दो प्रयोग र शारीरिक गतिविधिको कमीले यो समस्या तीव्र बनाएको छ ।

युवाहरूमा सामाजिक जमघट, पार्टी संस्कृति र तनाव व्यवस्थापनका लागि मदिरा सेवन सामान्य बन्दै गएको देखिन्छ । साथै, डिजिटल जीवनशैलीका कारण लामो समयसम्म बसिरहने बानीले शारीरिक गतिविधि घटाएको छ, जसले मोटोपनलाई थप बढावा दिएको छ । यसरी दुई फरक जीवनशैलीजन्य जोखिम एकैसाथ सक्रिय हुँदा स्वास्थ्यमा दोहोरो असर पर्ने अध्ययनले देखाएको छ ।

कोभिड–१९ महामारीपछि विश्वभर मानिसहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । अध्ययनका अनुसार महामारीपछि मदिरा सेवन बढेको, शारीरिक गतिविधि घटेको र अस्वस्थ खानपानको प्रवृत्ति तीव्र बनेको देखिएको छ । यसले मोटोपन र मदिरा सेवन दुवै समस्यालाई अझ जटिल बनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन : नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा, २५० भन्दा धेरै रेल सेवाहरू रद्द

भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन शुरु भएको छ । यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै २० हजारभन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित ६०० भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी...

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०