"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

Table of Content

इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी

इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नुभएको छ । उहाँ अस्ति शनिबार मात्रै इस्लामाबादबाट ओमानको राजधानी मस्कट जानुभएको थियो । निर्धारित कार्यतालिका अनुसार नै अराघची इस्लामाबादमा उच्चस्तरीय भेटघाट सकेपछि रुसको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र अमेरिकाले विजय हासिल गर्ने दाबी गर्नुभएको छ । उहाँले इरान वार्ताका लागि इच्छुक भए सिधै संवाद गर्न सक्ने समेत बताउनुभएको खबरमा उल्लेख छ । यसअघि ट्रम्पले पाकिस्तानमा प्रस्तावित अमेरिकी प्रतिनिधिमण्डलको बैठक रद्द गर्नुभएको थियो ।

हिजो इस्लामाबाद पुगेपछि इरानका विदेशमन्त्री अराघचीले पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरसँग भेट गर्नुभएको छ । विश्लेषकहरूका अनुसार उहाँले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः शुरु गर्न प्रस्तावित रूपरेखा प्रस्तुत गर्ने तयारी गर्नुभएको छ ।

उहाँले क्षेत्रीय कूटनीतिक पहललाई तीव्र बनाउँदै कतार, साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरूसँग टेलिफोन संवाद गर्नुभएको खबरमा भनिएको छ । ती वार्तामा युद्धविराम, क्षेत्रीय सुरक्षा अवस्था र अमेरिका–इरानबीच चलिरहेको तनावबारे छलफल भएको हो ।

यद्यपि अमेरिकी सेनाले इरानमाथि लगाइएको नाकाबन्दी कडाइका साथ कार्यान्वयन गरिरहेको छ । यसले क्षेत्रीय तनाव भने अझै कायम रहने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।  आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा...

थारुको गुनासो आयोगसँग आयोगको गुनासो सरकारसँग

भरतपुर । थारु जातिको धार्मिक, सांस्कृतिक एवम् सामाजिक मान्यता र परम्परालाई जगेर्ना गर्नुका साथै थारु जातिको उत्थान र सशक्तीकरणको उद्देश्य राखेर थारु आयोग गठन भएको छ । तर, थारु आयोगले लक्ष्यअनुसारको काम गर्न नसकेको थारु अगुवाहरुले नै आरोप लगाएका छन् । थारु जातिका लागि आयोग बने पनि राज्यले थारु जातिलाई विभिन्न कोणबाट सौतेनी व्यवहार देखाउँदै...

डेजी स्कुलका तीन विद्यार्थीले अन्तर्राष्ट्रिय एआई प्रतियोगितामा रचे इतिहास

पूर्वी चितवनको खैरहनीमा रहेको डेजी स्कुल तथा सुनगाभा कलेजका तीन जना प्रतिभाशाली विद्यार्थीले विश्वकै सबैभन्दा ठूलो एआई तथा रोबोटिक्स प्रतियोगिता ‘कोड एभर’ मा नेपालको प्रतिनिधित्व गर्दै सान्त्वना स्थान हासिल गरेका छन्। आइतबार इन्डोनेसियाको जाकार्तामा सम्पन्न उक्त प्रतियोगितामा डेजी स्कुलका गुञ्जन शर्मा, परिभाषा पाठक र सृष्टि शंकरको टोलीले उक्त उपलब्धि हासिल गरेको सुनगाभा कलेजका प्राचार्य हरि...

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रमाथि छलफल हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची  छ  । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।     गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा....

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०