"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै नेपाली स्वदेश फर्किए : परराष्ट्र मन्त्रालय

Table of Content

काठमाण्डौ – मध्यपूर्वमा युद्ध शुरु भएपछि ३० हजारभन्दा धेरै नेपाली नागरिक त्यस क्षेत्रबाट स्वदेश फर्किएका छन् । अमेरिका र इरानबीचको युद्धले मध्यपूर्वमा तनाव बढेपछि वैदेशिक रोजगारीलगायत काममा गएकामध्ये ३० हजारभन्दा धेरै नेपाली घर फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको हो । 

मन्त्रालयका अनुसार ती नागरिक तत्कालको परिस्थितिका कारण र बिदामा घर फर्किएका हुन् । त्यसमध्ये २१ हजार नेपाली नागरिक कतारबाट फर्किएका मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो । 

यसै गरी मन्त्रालयको कन्सुलर सेवा विभागले शुरु गरेको अनलाइन पोर्टलमा अहिलेसम्म ८७ हजार ८१९ जनाले आफ्नो अवस्थाका बारेमा विवरण दर्ता गराएका छन् । इरानको हर्मुज क्षेत्रमा पानीजहाजसहित पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको पहल भइरहेको महाशाखाका प्रमुख खड्काले जानकारी दिनुभयो । 

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार मन्त्रालयले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र आवश्यक सहजताका लागि आपतकालीन प्रतिकार्य समूहमार्फत काम गरिरहेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789627881

एशियाली खेलकुद : २ मिटरभन्दा अग्ला खेलाडीले ओछ्यानमा खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने

एशियाली खेलकुदमा अग्ला खेलाडीहरूले कन्टेनरमा रहेका ओछ्यानमा आफ्ना खुट्टा तन्काउन नसक्ने अवस्था रहेको एक अधिकारीले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०