"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सिडिओ कार्यालय गेटमा खगेन्द्र सुनारसहित रास्वपा सांसदहरूको रातभरि धर्ना

Table of Content

खगेन्द्र सुनारसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्।

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै बिहीबार साँझदेखि उनीहरू धर्नामा बसेका हुन्।

धर्नमा रास्वपा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशिष गजुरेल लगायत बुद्धिजीवि तथा  सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका केही स्थानीयहरू बसेका थिए।

‘१२ घण्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं,’ खगेन्द्र सुनारले आफ्नो फेसबुकमा लेखेका छन्। उनका स्वकीय अर्जुन सुनारले रातभरि धर्नामा बसेको बताएका छन्।

हिरासतमै मृत्यु भएका २२ वर्षीय श्रीकृष्णलाई प्रहरीले यातना दिएर मारेको आफन्तहरूको आरोप छ।

श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए।

ललितपुरमा भाइसँग बस्दै आएका उनी विवाह गरेपछि सिन्धुली फर्केका थिए। ललितपुरको सातदोबाटो प्रहरी वृत्तले किशोरीको परिवारले कुरा गर्न खोजेको भनेर वैशाख ३ गते बोलाएपछि उनीहरू फेरि ललितपुर फर्केका थिए।

त्यसपछि सातदोबाटो प्रहरी वृत्तमा किशोरीका परिवारसँग छलफल गर्न पुगेका श्रीकृष्णलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्ट सिन्धुली पठाएको थियो।

ललितपुर प्रहरीले उनै किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण थप अनुसन्धानका लागि उतै पठाइएको बताएको थियो।

श्रीकृष्ण वैशाख ७ गते हिरासतमा मृत फेला परेका थिए।

सिन्धुलीको हिरासतमै युवकको मृत्यु, के गर्दै छ प्रहरी?

सिन्धुलीमा प्रहरी हिरासतमै एक युवकको मृत्यु भएपछि उनका आफन्त चार दिनदेखि आन्दोलित छन्।

सिन्धुलीको सुनकोशी गाउँपालिका-३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेका थिए। 

उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको डिएसपी सुवेदीले बताए।

आफन्तहरूले भने हिरासतमा प्रहरीको कुटपिटबाट श्रीकृष्णको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरू चार दिनदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आएका छन्।

छानबिनको माग गर्दै शव बुझ्न नमानेपछि वैशाख ८ गते नै छानबिन समिति गठन भइसकेको छ। आफूहरू घटनाबारे छानबिन गरिरहेको र प्रक्रियामा रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए।

‘यस घटनामा हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं। छानबिनपछि तथ्य बाहिर आउँछ,’ उनले भने।  

श्रीकृष्ण वैशाख ३ गते ललितपुरमा पक्राउ परेका थिए। उनीमाथि १७ वर्षीया बालिका बलात्कारको आरोप थियो। ती बालिका र श्रीकृष्णले भने प्रेम विवाह गरेको परिवारको भनाइ छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार जाहेरीअनुसार घटनास्थल खुर्कोट भएकाले थप अनुसन्धान प्रक्रियाका लागि  सिन्धुली प्रहरीसँग समन्वय गरेर श्रीकृष्णलाई त्यता पठाइएको थियो। 

‘हामीले जाहेरी दर्ता भएपछि पक्राउ गरेर सक्कली जाहेरीसहित आरोपितलाई ४ गते नै खुर्कोट पठाएका हौं,’ उनले भने, ‘त्यसपछि के भयो हामीलाई थाहा छैन।’

४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थुनामा राखेको थियो।

श्रीकृष्णको परिवार र आफन्तको भनाइ भने फरक छ।

उनीहरूले अन्तरजातीय विवाह गरेकै कारण श्रीकृष्णमाथि बलात्कार आरोप लगाइएको बताएको दाबी गरेका छन्। र नियोजित रूपमा कुटपिट गरेर मारेको आरोप लगाएका छन्। 

श्रीकृष्णसँगै ललितपुरमा बस्दै आएका उनका भाइ उमेशसँग पनि घटनाबारे कुरा गरेका छौं—

उमेशका अनुसार श्रीकृष्ण ड्राइभर पेसा गर्दै आएका थिए। खोटाङकी किशोरी पनि उनीहरूको डेरा नजिकै बस्थिन्। सोही क्रममा श्रीकृष्ण र किशोरीबीच प्रेम बसेको थियो। दुई वर्षदेखिको प्रेम सम्बन्धपछि उनीहरूले चैत २८ गते विवाह गरेका थिए।

‘विवाह गरेँ भनेर उहाँले २८ गते डेरामा ल्याउनुभएको थियो,’ उमेशले भने।  

त्यसको २ दिनमै उनीहरू सिन्धुलीस्थित घर गएका थिए।

‘परिवारसँग पनि उहाँ (किशोरी)ले राजीखुशीले आएको बताउनुभएको थियो,’ उमेशले भने।   

उमेशकै अनुसार ललितपुरको सातदोबाटो प्रहरी वृत्तबाट केटीपक्षले कुरा गर्न खोजेको छ भनेर पटकपटक फोन आएपछि उनीहरू ३ गते फर्किएका थिए। 

उनीहरू दिउँसै काठमाडौं आइपुगेका थिए। प्रहरीले ५ बजेतिर आउनू भनेको उमेश बताउँछन्। 

‘हामी कार्यालय पुग्दा किशोरीको परिवार पनि त्यहाँ आउनु भएको थियो,’ उनले भने,’प्रहरीले सोधपुछ गर्‍यो। किशोरीले आफ्नो खुशीले गएको भन्नुभयो।’

उनका अनुसार सुरूवातमा प्रहरीले बालबिवाह कसुरमा श्रीकृष्णमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेपछि त्यसो नगर्न किशोरीले आग्रह गरेकी थिइन्। पछि प्रहरीले नै  कानुनले तोकेको उमेर पूरा नभएकाले तत्कालका लागि छुट्टै बस्ने र २ वर्षपछि विवाह गर्न भनेको उमेश बताउँछन्। 

झन्डै २ घन्टा छलफल भएको थियो। २ वर्षका लागि अलग हुँदा दाइलाई मुद्दा नचल्ने भएपछि किशोरी पनि राजी हुनुभयो,’ उनले भने। 

तर किशोरीको काका आइपुगेपछि घटनाले अर्कै मोड लिएको उमेशको भनाइ छ। उनी त्यसै छाड्न हुन्न भन्दै कराउँदै आएको र प्रहरीसँग कुरा गरेको उनले बताए। उनी आएपछि प्रहरीले आफूहरूलाई पनि भित्र जान नदिएको उमेश बताउँछन्। 

दुवै पक्षबीच सहमति भइसकेपछि ‍राती साढे ९ भएपछि प्रहरीले श्रीकृष्णलाई तत्काल छाड्न नमिल्ने भन्यो। र आफूलाई भोलिपल्ट ९ बजे आउनू भनेर फर्काइदिएको उमेश बताउँछन्। 

‘दाइलाई सातदोबाटो प्रहरी कार्यालयमा राखेको जानकारी आफन्तहरूलाई गराएपछि भोलिपल्ट ८ बजे हामी सातदोबाटो प्रहरी कार्यालय पुग्यौं,’ उमेशले भने, ‘हामी पुग्दा प्रहरीले दाजुलाई खुर्कोट पठायौं भन्नुभयो।’

त्यसपछि किशोरीलाई सम्पर्क गर्न खोजेपनि उनको फोन लागेन। आफन्तहरूसहित आफू त्यहीदिन गाउँ फर्किएको उनी बताउँछन्।

‘खुर्कोट आएर बुझ्दा पो दाजुलाई बलात्कार आरोप लागेको थाहा भयो,’ उनले भने।

त्यसपछि आफूले किशोरीसँग पनि कुराकानी गरेको उनले बताए। ‘त्यतिबेला दाजुलाई प्रहरीलाई नियन्त्रणमा लियो भन्दा उहाँ पनि छक्क पर्नुभो। ‍उहाँलाई दाइ छुट्नुभयो भनिएको रहेछ।’

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी मिश्रले जाहेरी अनुसार नै प्रक्रिया अगाडि बढाइएको बताए। 

‘नाबालिगले आफूमाथि बलात्कार भएको जाहेरी दिएपछि उसले विवाह गरेको हो कि होइन भनेर प्रहरीले हेर्दैन,’ उनले भने। 

खुर्कोट प्रहरीले पक्राउ गरेदेखि नै आफूहरूको केही पनि कुरा नसुनेको उनी बताउँछन्। 

‘त्यसैले उनीमाथि कुटपिट भयो भन्ने हाम्रो धारणा हो। होइन भने झुण्डिएर मृत भेटिएको ठाउँको सिसिटिभी भिडओ सार्वजनिक गर् भन्ने हाम्रो माग हो,’ उनले भने। 

उनका परिवारले शवको पोस्टमर्टम गर्न नमानेपछि जिल्ला प्रशासन कार्यालय सहायका प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०