"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवन–१ मा १ लाख ४५ हजार बढी मतदाता, १७ उम्मेदवार प्रतिस्पर्धामा , विकास कामिले नेकपालाई समर्थन गर्ने

Table of Content

पुर्ण बहादुर मगर
चितवन, मंसिर — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नं. १ मा कुल १ लाख ४५ हजार ६ सय ३१ मतदाताले आज मतदान गदँैछन । निर्वाचन आयोग, नेपालको तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ७३ हजार ६ सय ५१ (४९.३० प्रतिशत) र महिला मतदाता ७१ हजार ९ सय ८० (५०.७० प्रतिशत) रहेका छन् । महिला मतदाताको संख्या प्रतिशतका आधारमा पुरुषभन्दा केही बढी देखिएको छ ।
निर्वाचनका लागि यस क्षेत्रमा ९६ मतदान स्थल र १ सय ६८ मतदान केन्द्र तोकिएका छन्। मतदातालाई सहज रूपमा मतदान गर्न आवश्यक व्यवस्थापन गरिएको निर्वाचन कार्यालयले जनाएको छ। सुरक्षादेखि मतदान सामग्री व्यवस्थापनसम्मका तयारी अन्तिम चरणमा पुगेको छ।
चितवन–१ मा कुल १८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए भने प्रगशिल लोकतानित्रक पार्टीका उम्मेदवार विकास कामीले नेकपाका उम्मेदवार डा कृष्णराज पन्तलाई सर्मथन गरेपछि १७ जना छन् । तीमध्ये १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उम्मेदवारमध्ये १५ जना पुरुष र २ जना महिला छन्। यसले उम्मेदवार तहमा महिला सहभागिता अझै सीमित रहेको देखाएको छ।
मुख्य प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र)का तर्फबाट दाबी दोर्जे लामा, नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुढाथोकी र नेपाल कम्युनिष्ट पार्टीका कृष्णराज पन्त मैदानमा छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरदान शर्मा खनाल, जनता समाजवादी पार्टी नेपालका अजय ठाकुर हजाम, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रसाद, राष्ट्रिय जनमोर्चाकी सीता देवी क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमलाल चौधरी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का दुर्गा दत्त अर्याल, नेशनल रिपब्लिक नेपालका ईश्वरी गुरुङ, श्रम संस्कृति पार्टीका अनिल तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का गणेश बहादुर श्रेष्ठ, उज्यालो नेपाल पार्टीका धन बहादुर गुरुङ लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीन जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्।
उम्मेदवारहरूको समावेशी विवरणअनुसार ५० प्रतिशत खस–आर्य, ३३.३३ प्रतिशत आदिवासी÷जनजाति, ५.५६ प्रतिशत थारु, ५.५६ प्रतिशत दलित र ५.५६ प्रतिशत मधेसी समुदायबाट उम्मेदवारी परेको छ। यसले जातीय तथा सामुदायिक प्रतिनिधित्वमा विविधता देखाएको छ, यद्यपि महिला सहभागिता न्यून रहेको तथ्यांकले देखाउँछ।
उम्मेदवारहरूले घरदैलो, सभा–समारोह तथा मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासन मुख्य एजेन्डाका रूपमा अघि सारेका थिए । मतदाताले भने विगतका प्रतिबद्धता कार्यान्वयनको अवस्थालाई आधार मानेर निर्णय गर्ने संकेत दिएका छन्।
चितवन–१ मा हुने प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। मतदाताको सक्रिय सहभागिता र शान्तिपूर्ण मतदानमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०