"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवन–१ मा १ लाख ४५ हजार बढी मतदाता, १७ उम्मेदवार प्रतिस्पर्धामा , विकास कामिले नेकपालाई समर्थन गर्ने

Table of Content

पुर्ण बहादुर मगर
चितवन, मंसिर — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नं. १ मा कुल १ लाख ४५ हजार ६ सय ३१ मतदाताले आज मतदान गदँैछन । निर्वाचन आयोग, नेपालको तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ७३ हजार ६ सय ५१ (४९.३० प्रतिशत) र महिला मतदाता ७१ हजार ९ सय ८० (५०.७० प्रतिशत) रहेका छन् । महिला मतदाताको संख्या प्रतिशतका आधारमा पुरुषभन्दा केही बढी देखिएको छ ।
निर्वाचनका लागि यस क्षेत्रमा ९६ मतदान स्थल र १ सय ६८ मतदान केन्द्र तोकिएका छन्। मतदातालाई सहज रूपमा मतदान गर्न आवश्यक व्यवस्थापन गरिएको निर्वाचन कार्यालयले जनाएको छ। सुरक्षादेखि मतदान सामग्री व्यवस्थापनसम्मका तयारी अन्तिम चरणमा पुगेको छ।
चितवन–१ मा कुल १८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए भने प्रगशिल लोकतानित्रक पार्टीका उम्मेदवार विकास कामीले नेकपाका उम्मेदवार डा कृष्णराज पन्तलाई सर्मथन गरेपछि १७ जना छन् । तीमध्ये १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उम्मेदवारमध्ये १५ जना पुरुष र २ जना महिला छन्। यसले उम्मेदवार तहमा महिला सहभागिता अझै सीमित रहेको देखाएको छ।
मुख्य प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र)का तर्फबाट दाबी दोर्जे लामा, नेपाली कांग्रेसका राजेन्द्र प्रसाद बुढाथोकी र नेपाल कम्युनिष्ट पार्टीका कृष्णराज पन्त मैदानमा छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरदान शर्मा खनाल, जनता समाजवादी पार्टी नेपालका अजय ठाकुर हजाम, नेपाल मजदुर किसान पार्टीका अर्जुन प्रसाद, राष्ट्रिय जनमोर्चाकी सीता देवी क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमलाल चौधरी, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का दुर्गा दत्त अर्याल, नेशनल रिपब्लिक नेपालका ईश्वरी गुरुङ, श्रम संस्कृति पार्टीका अनिल तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का गणेश बहादुर श्रेष्ठ, उज्यालो नेपाल पार्टीका धन बहादुर गुरुङ लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तीन जना स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्।
उम्मेदवारहरूको समावेशी विवरणअनुसार ५० प्रतिशत खस–आर्य, ३३.३३ प्रतिशत आदिवासी÷जनजाति, ५.५६ प्रतिशत थारु, ५.५६ प्रतिशत दलित र ५.५६ प्रतिशत मधेसी समुदायबाट उम्मेदवारी परेको छ। यसले जातीय तथा सामुदायिक प्रतिनिधित्वमा विविधता देखाएको छ, यद्यपि महिला सहभागिता न्यून रहेको तथ्यांकले देखाउँछ।
उम्मेदवारहरूले घरदैलो, सभा–समारोह तथा मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासन मुख्य एजेन्डाका रूपमा अघि सारेका थिए । मतदाताले भने विगतका प्रतिबद्धता कार्यान्वयनको अवस्थालाई आधार मानेर निर्णय गर्ने संकेत दिएका छन्।
चितवन–१ मा हुने प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। मतदाताको सक्रिय सहभागिता र शान्तिपूर्ण मतदानमार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्‍यो

काठमाण्डौ – इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ ।  अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमार्फत ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कारबाही गर्ने चेतावनी दिनुभएको छ । इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा...

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौ – साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।  निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले...

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

म्यान्मा । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।  यस्तै युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो

काठमाण्डौ – आज बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।  आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा आजै बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  राउतको शरीर ५० प्रतिशतभन्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०