"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चेपाङ समुदायको पहिलो डाक्टर बन्न लागिपरेका मातृका

Table of Content

चितवनको चर्को गर्मी। टिनको छानोमुनिको तातो। मातृका चेपाङलाई यसको कुनै पर्वाह छैन अचेल।

उनको पूरै ध्यान किताबमा छ। ठूला–ठूला किताबका ठेली संकलन गर्दै कम्मर कसेर पढिरहेका छन् उनी।

उनलाई आफ्नो समुदायकै पहिलो डाक्टर बन्नु छ। केही महिनापछि हुने एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गर्ने अनि चेपाङ समुदायकै पहिलो डाक्टर बन्ने सपना देखिरहेका छन् उनी।

मातृकाको घर कालिका नगरपालिका वडा नम्बर १० (साविकको सिद्धी गाविसको नान्दार गाउँ) हो।

२०६९ सालमा पत्रकार केपी किरण शर्मा समाचार संकलनका लागि नान्दार पुगेका थिए। मातृकाको घरमा चरम भोकमरी देखेपछि उनलाई पढाउने उद्देश्यले शर्माले रत्ननगर ल्याएका थिए।

पछि शर्माले गरिबीका कारण शिक्षाबाट वञ्चित भइरहेका चेपाङ बालबालिकाको शिक्षाका लागि रत्ननगरमा होस्टल (छात्रावास) खोले। अहिले १५० जना बालबालिका गामबेसीको चेपाङ संरक्षण केन्द्र नामको उक्त होस्टल बसेर पढ्छन्।

मातृका पनि यहीँ बसेर पढ्छन्।

सात वर्षको उमेरमा रत्ननगर झरेका मातृका कक्षा १ देखि ५ सम्म पञ्चतेज आधारभूत विद्यालयमा पढे। कक्षा १० सम्म पञ्चकन्या मावि र प्लस–टू नेपाल माविमा पढे। कक्षा १२ उनले विज्ञान विषय पढेका हुन्।

matrika-chepang1-1756295481.jpg
‘स्कुल नेपाली माध्यममा पढेँ। प्लस–टूमा सबै विषय अंग्रेजीमा पढ्नुपर्दा केही गाह्रो भयो। तर सकेको मेहनत गरेर पढेँ। अब मेरो अंग्रेजी भाषा पनि धेरै सुधार भएको छ। एमबिबिएस पढ्न चाहिने जिपिए ल्याएको छु। त्यसैले तयारी गरिरहेको छु,’ मातृकाले भने, ‘चेपाङ समुदायमा अहिलेसम्म कोही पनि डाक्टर बनेको छैन। आफ्नो समुदायको पहिलो डाक्टर बन्ने लक्ष्य राखेको छु।’

तर डाक्टर बन्ने लक्ष्य उनको चाहनाले मात्रै पूरा हुँदैन। मेहनतले मात्रै पनि पूरा नहुन सक्छ।

‘बेलैमा यहाँ आइनपुगेको भए म गाउँतिरै दुःख पाइरहेको हुन्थेँ होला,’ मातृकाले भने, ‘भाग्यले यहाँ आइपुगेँ। होस्टलले मलाई ठूलो गुन लगायो। पढाइमा अझै पनि धेरै खर्च लाग्छ। मेरो परिवारले खर्च गरेर पढाउन सक्दैन। सहयोगी कोही भेटिए डाक्टरी पढ्ने चाहना पूरा हुन्थ्यो।’

प्रवेश परीक्षा तयारीका लागि उनले केही किताब किनेर, केही चिनेजानेकाबाट संकलन गरेका छन्। किताबबाहेक इन्टरनेटमार्फत पनि सामग्री खोजेर पढ्छन्।

डाक्टर बनेर विकट क्षेत्रमा सेवा गर्ने चाहना छ उनको। आर्थिक अभावका कारण उपचारबाट वञ्चित समुदायको सेवा गर्ने पनि इच्छा भएको उनले बताए।

उनी बिदाको समयमा घर जान्छन्। उनका अनुसार अहिले पनि गाउँको अवस्था १०–१२ वर्ष पहिलेभन्दा धेरै फरक छैन। ज्वरो आउँदा सिटामोल पाउन मुस्किल छ। अस्पताल पुग्न घन्टौं हिँड्नुपर्छ। सहरतिरका अस्पतालमा चाहिनेभन्दा धेरै डाक्टर हुने र गाउँमा कोही बस्न नखोज्ने प्रवृत्ति उनले देखेका छन्।

‘त्यसैले पनि गाउँमै बसेर सेवा गर्ने इच्छा छ,’ मातृकाले भने।

आर्थिक अवस्था कमजोर भएकै कारण चेपाङ समुदायका बालबालिकाले धेरै खर्च हुने पढाइको कल्पनै नगर्ने गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए।

‘भोकमरी, एक सरो कपडा पनि नभएर नांगै हिँडिरहेका बालबालिका देखेपछि उनीहरूका लागि केही गर्नुपर्छ भनेर छात्रावास स्थापना गरियो। छात्रावासले जसोतसो स्रोत जुटाएर बालबालिकालाई शिक्षा दिइरहेको छ,’ शर्माले भने, ‘धेरै खर्च गरेर पढाउने सामर्थ्य हाम्रो पनि छैन। सहयोग गर्ने कोही निस्किए चेपाङ समुदायबाट पनि डाक्टर जन्मिन्छन्।’

matrika-chepang2-1756295481.jpg
केन्द्रमा बसेर कक्षा १ देखि पढेकामध्ये ८ जनाले एसइई परीक्षा उत्तीर्ण गरेका छन्।

उनीहरूमध्ये कालिका–१० की सिम्रन चेपाङले हेल्थ असिस्टेन्स (एचए) को पढाइ सकेकी छन्। काठमाडौंस्थित नेसनल हेल्थ फाउन्डेसनबाट पढाइ सकेर गत जेठमा लाइसेन्स प्राप्त गरेकी उनी जागिरको खोजीमा छन्।

उनको पनि मातृकाको जस्तै विकट गाउँतिर पुगेर सेवा गर्ने इच्छा छ।

‘बुबा, आमा किसान हुनुहुन्छ। दिदीले पढ्न पाउनुभएन। एक भाइ र एक बहिनी यही छात्रावासमा बसेर पढिरहेका छन्। अर्का एक भाइ नवोदय स्कुलमा पढ्छन्,’ उनले भनिन्, ‘विद्यालय शिक्षा जसोतसो पाएँ। भाइबहिनी पनि पढिरहेका छन्। पढाइ अनुसार जागिर पाउन भने समस्या नै रहेछ।’

उनले राप्ती नगरपालिकाको स्वास्थ्य शाखामा एचए पदका लागि दरखास्त दिएको बताइन्।

केन्द्रबाट एसइई उत्तीर्ण भएकामध्ये तीन जनाले अहिले प्लम्बिङ तालिम लिइरहेका छन्। अरू प्लस–टू पढ्दैछन्।

matrika-chepang4-1756295481.JPG
सिम्रन चेपाङ

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, पूरा गर्न कति सम्भव ?

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत आगामी दशकभर औसत ७ प्रतिशत आर्थिक वृद्धिको महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । तीन दशकदेखि औसत ४ प्रतिशतको सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा दुईतिहाइ नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेसन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ ।  तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र...

बागमतीको सिंहदरबार : रूख कटान र संरचना निर्माणको बाटो खुल्दै

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ । संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबिच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौताको गरेको हो । उक्त सम्झौतासँगै प्रदेश सरकारले वन क्षेत्रको रूख कटान र संरचना निर्माणको लागि बाटो खुला...

चालु आर्थिक वर्षको ९ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ९ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो काठमाण्डौ – नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैङ्कले हिजो सार्वजनिक...

धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते

धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते काठमाण्डौ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते भएका छन् । गल्छी गाउँपालिका–६, बैरेनीमा गएराति रोकिराखेको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाण्डौबाट बाग्लुङका लागि छुटेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । लगत्तै काठमाण्डौबाट वीरगञ्जका लागि...

एसईईको ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि

एसईईको ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि काठमाण्डौ — माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५सय...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०