"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

नारायणी नदीकिनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया

भरतपुर । हालैको बाढीपहिरोले नारायणी नदीकिनार क्षेत्रमा पुर्‍याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका कारण नदीकिनारको क्षति मूल्याङ्कन, कटान रोक्ने स्थायी संरचना निर्माण र दीर्घकालीन नदीकिनार व्यवस्थापनका विषयमा गहन मन्थनसहित भावी रणनीतिबारे चर्चा...
Read more

राष्ट्रपति पाैडेलद्वारा २ वटा अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्योदश २०८३ जारी गर्नुभएको हो । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो ।...
Read more

रास्वपाका सांसद राजेश कुमार चौधरीको अडियो भाइरल: ‘आउँदो निर्वाचनमा क्षेत्र नम्बर १ का ४१ वटै वार्डमा घण्टीको हार हुने’ दाबी

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरीको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अडियोमा पार्टीको कार्यशैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी निर्वाचनमा क्षेत्रका ४१ वटै वडामा पार्टी पराजित हुन सक्ने दाबी गरिएको सुनिन्छ। भाइरल अडियोमा पार्टीको वर्तमान कार्यशैली नसुध्रिए रौतहट क्षेत्र...
Read more

विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन : सङ्घीयता र विकासका साझेदारीबारे छलफल हुने

काठमाण्डौ – कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन–२०८३ आजदेखि विराटनगरमा शुरु हुँदैछ । सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहने दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ । साथै स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया हुनेछ । सम्मेलनको दोस्रो...
Read more

पार्टी र सरकारले गर्ने छानबिनमा सघाउँछु : रास्वपा सांसद सुनार

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र सरकारले गर्ने छानबिनमा सहयोग गर्ने बताउनुभएको छ । विवादास्पद अडियो सार्वजनिक भएपछि सुनारले आफ्नो धारणा सार्वजनिक गर्दै आरोप प्रमाणित भए कानूनी प्रक्रिया सामना गर्न तयार रहेको बताउनुभएको हो । सुनारले आज सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ...
Read more

गाडीको दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

काठमाण्डौ – नयाँ तथा पुराना गाडी खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थालाई हटाइएको छ । विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गर्दै गाडी दर्ता, नामसारी र बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो । विभागका अनुसार पछिल्लो निर्णयअनुसार निर्देशिकामा केही प्रावधान संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक...
Read more

चालु आर्थिक वर्षमा सरकारले ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ । कृषि मन्त्री गीता...
Read more

दशैँ मनाउन काठमाण्डौ उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा अन्य विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू दशैँ मनाउन गाउँ फर्कन थालेका हुन् । काठमाण्डौ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न ठाउँमा जाने लामो तथा छोटो दूरीका सार्वजनिक गाडीमा यात्रुको चहलपहल बढेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी...
Read more

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डौ – ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे अलअमिरातमा शुरु हुनेछ । ओमानमा अस्ति आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले सुखद शुरुआत गरेको थियो । क्यानडासँगको खेलमा रोहित पौडेलले १०१ रनको शतकीय पारी...
Read more

काठमाण्डौ उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको भीड

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा तोकिएका ग्यास बिक्री केन्द्रहरूमा उपभाेक्ताको अत्यधिक भीड लागेको छ । दशैँका बेला सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास बिक्रेता महासङ्घसँगको समन्वयमा जुनसुकै कम्पनीका सिलिन्डर पनि साट्न पाइने गरी स्थापना गरेका केन्द्रमा उपभाेक्ताको भीड लागेको हो । यसैबीच ग्यास सिलिन्डर साट्नेहरूको भीड लागेपछि सङ्घले ६ वटा...
Read more
1 … 4 5 6 7 8 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०