"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

लगामविहीन खर्चले बढायो महानगरको बेरुजु

काठमाडौँ — अघिल्ला वर्षहरूमा जसरी महानगरपालिकाहरूको बेरुजु गतवर्ष पनि घट्न सकेन । ६ वटा महानगरपालिकामध्ये केहीले मात्र बेरुजु घटाएका छन् । केही महानगरपालिकाको बेरुजुमा अझै सुधार हुन सकेको छैन । महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ६ मध्ये चार महानगरपालिकाको मात्र लेखापरीक्षण गरिएको छ । यसमा सबैभन्दा बढी बेरुजु काठमाडौंको र कम ललितपुर महानगरपालिकाको देखिएको...
Read more

दिल्ली पुग्नुभएका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया थाल्दै

दिल्ली पुग्नुभएका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया थाल्दै काठमाण्डौ – भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणका लागि दिल्ली पुग्नुभएका रवि लामिछाने आजदेखि भेटघाट र अन्तरक्रिया थाल्नुहुने भएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएको हो ।...
Read more

पर्वतमा जीप दुर्घटना: वडासदस्य केशवराज पौडेलकाे मृत्यु, दुई जना घाइते

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडासदस्य ५२ वर्षीय केशवराज पौडेल छन् । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको...
Read more

लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ

लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतले पठाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाफ आएको जानकारी संसद्लाई गराएका हुन् । सरकारले २० वैशाखमा नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै दुबै छिमेकीलाई पत्र पठाएको थियो । सबै राजनीतिक दलहरूसँगको परामर्शमा...
Read more

अमेरिकासँगको सन्देश आदानप्रदान रोकियो, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय

अमेरिकासँगको सन्देश आदानप्रदान रोकियो, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको जनाएको छ। “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका...
Read more

प्राधिकरणको अध्यक्षका लागि आवेदन दिने समय आजा सकिदै

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सोमबारसम्मको अवधिमा भने करिब २ दर्जनको आवेदन परिसकेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । आज ५ बजेसम्मको समयसम्म अध्यक्षका लागि आवेदन दिन सकिने छ । सरकारले बीमा प्राधिकरणको अध्यक्षमा बीमा क्षेत्रमा कार्यरत उच्च तहका अधिकारीहरु, बीमा बिषयमा अध्यापन गराउँदै आएका विज्ञहरु, पूर्व...
Read more

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ । सिंह आज बिहान सवा ६ बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लिखत किर्तेसम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो । स्थानीय लियाकत...
Read more

प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने

प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने काठमाण्डाै – प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभा बैठक शुरू हुनेबित्तिकै बोलेका कांग्रेस सचेतक निश्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलको नेता ज्ञानेन्द्रबहादुर शाही,...
Read more

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा चर्को विरोध काठमाण्डाै – राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजाे प्रतिनिधिसभाको बैठकमा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् । आजकाे बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति देशको सार्वभौमिकता विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् । नेपाली कांग्रेसका...
Read more

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही

काठमाडाैं- ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही ले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्। सोमबार संसद्मा बोल्दै उनले प्रमाणबिना गरिएको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्याल सँग आग्रह गरे। शाहीले प्रधानमन्त्रीले उठाएको विषय सामान्य टिप्पणी नभई गम्भीर राष्ट्रिय सरोकारको विषय भएकाले तथ्यका आधारमा मात्रै बोल्नुपर्ने बताएका...
Read more
1 … 20 21 22 23 24 … 73

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०