"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

रास्वपाको शुक्रबार चितवनमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने

चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ । Advertisement रास्वपाले शुक्रबार दिउसो १ बजे गेष्ट हाउस चौर भरतपुर चितवन गर्ने आमसभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ । रास्वपाले यसअघि धनगढी र सुर्खेतमा सभा गरेपनि त्यसपछि भैरहवा र पोखराका सभा...
Read more

चितवन जिल्ला क्षेत्र नं. १ मा नयाँ दलको आक्रामक अभियान: ‘माटो’ र ‘चिम’ चिन्ह लिएर घरदैलोमा अनिल तामाङ र धनबहादुर गुरुङ

चितवन, — आगामी निर्वाचन नजिकिँदै जाँदा नेपाल को राजनीतिक केन्द्रका रूपमा चिनिने चितवन जिल्ला क्षेत्र नं. १ मा यस पटक नयाँ राजनीतिक शक्तिहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी ‘माटो’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका श्रम संस्कृति पार्टीका उम्मेदवार अनिल तामाङ र ‘चिम’ चुनाव चिन्हसहित उज्यालो नेपाल पार्टीका उम्मेदवार धनबहादुर गुरुङले तीव्र घरदैलो कार्यक्रम सञ्चालन...
Read more

रत्ननगरका डिएसपी भट्ट बागमतीकै उत्कृष्ट प्रहरी : जटिल मुद्दामा सफलता

रत्ननगर , ६ फागुन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अपराध अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी भट्टलाई २०८२ साल माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी)...
Read more

दुविचौरस्थित श्री सत्येश्वर शिवालय मन्दिरमा महाशिवरात्रि विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

राप्ती नगरपालिका वडा नं. १ दुविचौरस्थित श्री सत्येश्वर शिवालय मन्दिरमा २०८२ साल फाल्गुन ३ गते महाशिवरात्रिको पावन अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। महाशिवरात्रि पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। आयोजकका अनुसार महाशिवरात्रिको दिन विहान ६ बजेदेखि रातभरसम्म विभिन्न धार्मिक तथा...
Read more

राप्तीमा स्व मातापिताको सम्झनामा छोर्तेन तथा स्तुपा निर्माण गरिने

राप्ती / पूर्वी चितवन राप्ती नगरपालिका वडा न ७ मा स्थित साँघ छेवाङ्ग टासी बौद्ध गुम्बा परिसरमा बौद्ध धर्मका अनुयायीहरूका लागि आस्थाका धरोहर २ स्तुपा, चैत्य छोर्तेन निर्माण हुने भएको छ । स्वर्गीय माता पिता बुद्धि कुमारी नेगी तामाङ् र आइते सिंह रुम्बा लामाको सम्झनामा उनका छोरा बुहारीहरुले उक्त चैत्य तथा छोर्तेन निर्माण गर्न लागिएको...
Read more

नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

चितवन : नेपाली कम्युनिष्ट पार्टी, चितवनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ। कम्यूनिष्ट पार्टीको जिल्ला कार्यदलका सदस्यहरू पार्टी इन्चार्ज घनश्याम दाहाल, केन्द्रीय सदस्य अशोक थापा, पार्टी संयोजक रामचन्द्र अधिकारी (आरसी), केन्द्रीय सदस्य नरेन्द्र कन्दवङवा र सहितको जिल्लास्तरीय विशेष बैठकले युवा नेता सूर्य सुवेदी (पथिक)लाई निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी...
Read more

उमेदवारहरु भन्छन्– ‘कांग्रेस–एमालेले चुनाव जित्नुपर्छ’

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर १ का दुई उमेदवारले कांग्रेस र एमालेमध्ये एक पार्टीले चुनाव जित्ने बताएका छन् । सहिद दिवसको अवसरमा जनआदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रे्रेसका उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र नेकपा एमालेका उमेदवार दावादोर्जे लामाले दुई पार्टीमध्ये एकले चुनाव जित्नुपर्ने बताएका हुन् । एउटै मञ्चबाट चुनावी सौदार्हता देखाउँदै जीत–हार जे भए...
Read more

मेरो जीत सुनिश्चित भइसक्यो, घोषणा गर्न मात्र बाँकी छ : उमेदवार बुर्लाकोटी

रत्ननगर । नेपाली कांग्रेस क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस : बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताएका छन् । नेपाली कांग्रेस नगरकार्यसमितिको आयोजनामा निर्वाचनलक्षित युवा भेटघाट कार्यक्रममा मनतव्य राख्दै उमेदवार बुर्लाकोटीले देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्ने जेनजी युवाहरुको भावना सम्बोधन गर्न नयाँ युगको पार्टीको...
Read more

भण्डारामा बिमला मेकअप स्टुडियो सञ्चालनमा

चितवनको राप्ती नगरपालिका भण्डारामा शनिबारदेखि बिमला मेकअप स्टुडियो सञ्चालनमा आएको छ । सौन्दर्य पेशामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी बिमला पाठक डल्लाकोटीले भण्डारामा आफ्नो दोस्रो शाखा विस्तार गरेकी हुन् । यसअघि मनहरीमा विगत १० वर्षदेखि सफलतापूर्वक पार्लर सञ्चालन गर्दै आएकी डल्लाकोटीले स्थानीय महिलालाई लक्षित गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भण्डारामा नयाँ स्टुडियो...
Read more

दलित चुनाव

भरखरै सरस्वती पुजा सकियाे । कञ्चनपुर मा गजिराम सार्की ले पुजा कै दिन विभेद भाेग्नु पर्याे आफै ले पढाउने स्कुल मा आफ्नै शिक्षक बाट विभेद भाेगेका कुरा समाजिक सञ्जाल भरि छ । पछिल्लो समय धेरै जस्साे युवा साथिहरु चुनाव मा हुनु हुन्छ । युवा साथिहरु राजनीति यात्रा मा जाेडिनु राम्रो कुरा हाे । नया पार्टी...
Read more
1 … 77 78 79 80 81 … 83

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०