"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धानबालीमा क्षति

Table of Content

काठमाण्डौ – तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति गरेको छ ।

बाँकेमा गएरातिको हुरीले धानबालीमा क्षति गरेको छ । त्यस्तै कपिलबस्तुसहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ । बाँके नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार हुरीले खेतमा धान ढालेको छ ।

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिनुभयो । बाँकेमा यसवर्ष ३३ हजार ५०३ हेक्टरमा बर्खे धान रोपिएको छ । मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ ।

मौसमविद् रोजन लामिछानेकाअनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ । मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०