"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सर्वसम्मत अधिवेशन गराउन सफल भए देवेन्द्र लामाराप्ती कांग्रेसको नगर सभापतिमा चुडाप्रसाद सिलवाल सर्वसम्मत

Table of Content

राप्ती, चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राप्ती नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । नगर सभापतिका आकांक्षीहरूबीच सहमति कायम गराउन निवर्तमान नगर सभापति देवेन्द्र लामाले गरेको पहल सफल भएपछि राप्ती कांग्रेसले नयाँ नगर नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।

नगर सभापतिका लागि आकांक्षीहरूबीच सहमति जुटेपछि चुडाप्रसाद सिलवाल (भीमसेन) राप्ती नगर सभापतिमा सर्वसम्मत चयन भएका छन् । सिलवाल यसअघि नेपाली कांग्रेस राप्ती नगरपालिका वडा नं. ८ का वडा सभापतिको जिम्मेवारीमा रहेका थिए ।

नगर सभापतिका आकांक्षीहरूबीच प्रतिस्पर्धाको अवस्था बन्न सक्ने परिस्थितिमा लामाले सहमति र एकताको वातावरण निर्माण गर्न पहल गरेका थिए । लामाको पहलपछि नगर सभापतिमा सिलवाललाई सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।

चितवनका सातवटै स्थानीय तहमध्ये राप्ती नगरपालिकामा नगर सभापतिको चयन सर्वसम्मत रूपमा हुनुलाई कांग्रेसभित्रको आन्तरिक एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ । निवर्तमान सभापति लामाले आफ्नो कार्यकालमा पनि पार्टीभित्र सहमति र समन्वय कायम गर्न पहल गर्दै आएको बताउँदै आएका छन् ।

देवेन्द्र लामाको नेतृत्वमा नेपाली कांग्रेसले २०७९ सालको स्थानीय तह निर्वाचनमा राप्ती नगरपालिकामा लामो समयपछि स्थानीय तहको निर्वाचन जित्न सफल भएको थियो । त्यसपछि लामाको नेतृत्व र संगठनात्मक भूमिकालाई स्थानीय कांग्रेसमा महत्वपूर्ण रूपमा हेरिँदै आएको छ ।

‘हिजोसम्म जे भयो भयो, अब कांग्रेस नयाँ सिराबाट अघि बढ्छ’

नगर अधिवेशनलाई सर्वसम्मत बनाउन आफ्नो पहल सफल भएपछि निवर्तमान सभापति देवेन्द्र लामाले पार्टीभित्रको आपसी विवाद अन्त्य गर्दै कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउने उद्देश्यले सर्वसम्मतिको प्रयास गरिएको बताएका छन् ।

लामाले भने, “कांग्रेसमा आपसी विवादको अन्त्य गर्न राप्ती नगर सभापतिमा सर्वसम्मत गरिएको हो । हिजोसम्म जे भयो भयो, अब कांग्रेस नयाँ सिराबाट अगाडि बढ्छ । म यो प्रयासमा सधैँ लाग्नेछु ।”

लामाका अनुसार पार्टीलाई बलियो बनाउन आन्तरिक प्रतिस्पर्धाभन्दा पनि आपसी समझदारी, सहकार्य र एकता आवश्यक रहेको छ । नगर अधिवेशनमा देखिएको सहमतिलाई आगामी दिनमा संगठनलाई थप व्यवस्थित र एकताबद्ध बनाउने आधारका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

अब लामाको राजनीतिक कदमप्रति चासो

राप्ती नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएसँगै निवर्तमान सभापति देवेन्द्र लामाले अब नेपाली कांग्रेसको कुन निकायमा उम्मेदवारी दिनेछन् भन्ने विषयमा पार्टीभित्र चासो बढेको छ ।

नगर सभापतिको जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गरेसँगै लामाको आगामी राजनीतिक भूमिका के हुने भन्ने विषयलाई कांग्रेस कार्यकर्ताले चासोका साथ हेरेका छन् । चितवन क्षेत्र नं. १ अन्तर्गत पार्टीको महत्वपूर्ण जिम्मेवारीमा लामाको सम्भावित उम्मेदवारीबारे पनि कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ ।

तर, लामाले आफ्नो आगामी उम्मेदवारीबारे औपचारिक घोषणा भने गरेका छैनन् । यसअघि राप्ती नगर कांग्रेसको नेतृत्व सम्हालेका लामाले यसपटक सहमतिका आधारमा नयाँ नेतृत्व चयन गराउँदै अधिवेशन सम्पन्न गराउन सफल भएपछि उनको आगामी राजनीतिक यात्रालाई थप चासोका साथ हेरिएको छ ।

यससँगै राप्ती कांग्रेसले चुडाप्रसाद सिलवाल (भीमसेन)को नेतृत्वमा नयाँ कार्यकाल सुरु गरेको छ भने निवर्तमान सभापति देवेन्द्र लामाले भने सहमति, एकता र संगठन सुदृढीकरणलाई आफ्नो आगामी राजनीतिक प्राथमिकता बनाउने संकेत गरेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

WhatsApp Image 2026-09-23 at 3.48.54 PM

सर्वसम्मत अधिवेशन गराउन सफल भए देवेन्द्र लामाराप्ती कांग्रेसको नगर सभापतिमा चुडाप्रसाद सिलवाल सर्वसम्मत

राप्ती, चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राप्ती नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको...
meta_kkXrFO6sbr

सामाजिक सञ्जालमा ठगीविरुद्ध मेटाको कडा कदम

काठमाण्डौ – सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम...
1790155492-riF3O

रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव

काठमाडौं,असोज ७ – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले रोजगारदाताले कामदार र कामदारले रोजगार...
Airport_TMI1GTiMhu

काठमाण्डौ विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाण्डौ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ...
WhatsApp Image 2026-09-23 at 1.36.43 PM

राप्तीमा निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध ७ दिने अल्टिमेटम

राप्ती, चितवन । राप्ती नगरपालिकाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयहरूले गरेको भनिएको शुल्क वृद्धिको विरोधमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०