काठमाण्डौ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गर्दा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, विभिन्न ब्रान्डका ७२० प्याकेट चुरोट तथा ६९ पोका सुर्तीजन्य पदार्थ बरामद भएको छ ।
बरामद गरेका ती चुरोट तथा सुर्तीजन्य पदार्थलगायतका बस्तु आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी दिइएको छ ।
