"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

लामबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

Table of Content

काठमाण्डौ – सर्लाहीको लामबन्दी नगरपालिका–१ नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लामबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

लामबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा आएको छ । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुई वटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए पुगेको छ ।

स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि सबस्टेसनबाट ३३ केभीका पाँच वटा र ११ केभीका ६ छवटा फिडर निकालिएका छन् । प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि सर्लाहीका मलंगवा, हरिपुर, हरिपूर्वा, डुमरिया, बरहथवालगायतका क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ । यसबाट विद्युत् चुहावट घट्नुका साथै न्यून भोल्टेज र बारम्बार हुने विद्युत् विच्छेद अर्थात् ट्रिपिङको समस्या न्यूनीकरण हुने अपेक्षा छ ।

त्यस्तै, स्थानीय क्षेत्रमा बढ्दै गएको विद्युत्को माग व्यवस्थापन गर्न र आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन पनि आयोजनाले सहयोग पुग्ने अपेक्षा छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने विषयलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले विद्युत् प्रसारण तथा वितरण प्रणालीका पूर्वाधार विस्तार र सुदृढीकरणका कामलाई योजनाबद्ध रूपमा अघि बढाइएको उल्लेख गर्नुभयो ।

आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

795538798_1084246491191976_6976139146581023838_n

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

चितवन, असोज ६ – जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम...
WhatsApp-Image-2026-09-21-at-19.19.18-1

चिनी र नुनमा छुट दिँदै चितवनको साल्ट ट्रेडिङ, चिनी प्रतिकिलो १०० मै बिक्री

कृष्ण आचार्य, भरतपुर,असोज ६- चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले दशैं, तिहार तथा छठ पर्वलाई...
WhatsApp-Image-2026-09-22-at-3.17.45-PM

नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा सम्पन्न

भरतपुर, असोज ६- नारी अभ्युदय केन्द्र, नारायणगढको ३४औँ वार्षिक साधारण सभा संस्थाको सभाहलमा सौहार्दपूर्ण वातावरणमा...
parliament_building_gOvNVOQMzR

त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ – त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा...
Bijuli-1783569931

लामबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ – सर्लाहीको लामबन्दी नगरपालिका–१ नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लामबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०