"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पाकिस्तान : अस्पतालमा १४ नवजात शिशुकाे ज्यान गएकाे घटनामा ८ अधिकारी निलम्बित

Table of Content

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक अस्पतालमा आगलागीमा परेर १४ नवजात शिशुको ज्यान गएपछि ८ जना अधिकारी निलम्बनमा परेका छन् ।

प्रधानमन्त्री शहबाज शरिफले ८ जना अधिकारीलाई निलम्बन गर्दै उनीहरूमाथि फौजदारी कारबाही अघि बढाउन निर्देशन दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रधानमन्त्रीद्वारा गठित ४ सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार गएको बुधवार बिहान साढे ६ बजेपछि झन्डै २ मिनेटमै आगलागी शिशु कक्षभर फैलिएको थियो । अस्पतालको निगरानीमा रहेका १५ शिशुमध्ये नर्सले १ जनालाई मात्र उद्धार गर्न सकेकी थिइन् ।

निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभागका प्रमुख तथा इस्लामावादको आपत्कालीन सेवाका महानिर्देशकसहितका अधिकारी छन् ।

प्रधानमन्त्री शरिफले जिम्मेवार व्यक्तिलाई कुनै छुट नदिइने र उनीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले अस्पतालको सुरक्षा व्यवस्थापनको जिम्मा पाएको कम्पनीविरुद्धसमेत कारबाही अघि बढाउन स्वीकृति दिनुभएको खबरमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आगलागी शुरू भएको झन्डै ६ मिनेटपछि आपत्कालीन सेवालाई जानकारी दिइएको थियो भने पहिलो उद्धार टोली १५ मिनेटपछि घटनास्थल पुगेको थियो । अभिभावक तथा प्रत्यक्षदर्शीहरूले उद्धार कार्य ढिलो भएको र सुरक्षाकर्मीले मानिसहरूलाई भवनबाट बाहिरिन रोकेको आरोप लगाएका छन् ।

अस्पतालमा आगलागी तथा अन्य आपत्कालीन अवस्थासम्बन्धी पर्याप्त सञ्चालन कार्यविधि र तालिमको व्यवस्था नभएको पनि प्रतिवेदनमा उल्लेख छ । आगलागी हुँदा शिशु कक्षामा २ नर्स, १ महिला सुरक्षाकर्मी र अर्का १ कर्मचारी उपस्थित थिए ।

स्वास्थ्यमन्त्री मुस्तफा कमालले यसअघि एअर कन्डिशनरबाट निस्किएको झिल्काका कारण आगलागी भएको हुन सक्ने बताउनुभएको थियो । तर प्रारम्भिक प्रतिवेदनले आगलागीको वास्तविक कारण अझै पुष्टि नभएको जनाएको छ ।

घटनापछि स्वास्थ्य सचिव असलम घोरीलाई पदबाट हटाइएको थियो ।

पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र नियमको फितलो कार्यान्वयनका कारण भवनमा आगलागीका घटना हुने गरेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rahat-Samagri-Photo-News-1788070759

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको...
1-1788093344

राष्ट्रिय विपत्तिमा राजनीति नगरौँ : केपी ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले...
1-1788093643

पाकिस्तान : अस्पतालमा १४ नवजात शिशुकाे ज्यान गएकाे घटनामा ८ अधिकारी निलम्बित

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक अस्पतालमा आगलागीमा परेर १४ नवजात शिशुको ज्यान गएपछि ८ जना...
Screenshot 2026-08-30 164352

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय

रोट्रयाक्ट पूर्वी चितवनमा नयाँ नेतृत्व : बाढी पीडितलाई ५० हजार सहयोग गर्ने निर्णय खैरहनी, भदौ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०