"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर

Table of Content

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाअघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएकाे छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा आज अभियोगपत्र दायर गरेको हो ।

यस प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमि निवासी ३३ वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ । उनीसँगै विद्यार्थीहरू अतुलकुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेशप्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रञ्जुकुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये केही अझै फरार रहेका छन् ।

गएको  साउन ६ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘म्यानेजमेन्ट–५१५’ र साउन ८ गतेको ‘स्टाटिस्टिकल मेथड्स’ विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dhundiraj-paudel-1787119613 (1)

चितवनका प्राडा ढुण्डीराज पौडेल बने मेडिकल काउन्सिलको अध्यक्ष

भरतपुर, भदौ ३- चितवनका प्राडा ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त भएका छन् ।...
hoteal-1787115926

भारतको कोलकातामा एक होटलमा आगलागी हुँदा नौ जनाको ज्यान गयो

भारतको पश्चिम बङ्गाल राज्य कोलकाताको एक होटलमा गएराति आगलागी हुँदा कम्तीमा नौ जनाको ज्यान गएको...
CIB__final_one_tRikyHBFLv (1)

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय

काठमाण्डौ — केवाइसी अपडेट अर्थात् व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०