"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनको फायर क्लबमा झगडा, चारजना घाइते

Table of Content


काठमाडौं । चितवनको एउटा क्लबमा दुई समूहबीच झगडा हुँदा चारजना घाइते भएका छन् । शनिबार (साउन ३०) बिहान करिब सवा १ बजे भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा झगडा तथा कुटपिट भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न भरतपुर–४ का ३२ वर्षीय हिमाल रसाइलीलाई पक्राउ गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उक्त क्लबका सञ्चालक भरतपुर–१७ का ३६ वर्षीय राकेश तामाङलाई पनि नियन्त्रणमा लिएको छ । उनलाई भने घटनाबारे सोधपुछका निम्ति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

“कुटपिटमा संलग्न एकजनालाई पक्राउ गरेका छौँ,” उनले बाह्रखरीसित भने, “क्लबका सञ्चालकलाई घटना के कस्तो भएको हो भन्ने सोधपुछका लागि मात्र नियन्त्रणमा लिएका हौँ ।”

घाइते हुनेमा नवलपुरको बौदीकाली गाउँपालिका–१ का १७ वर्षीय मदन क्षेत्री, चितवनको भरतपुर–१७ का २६ वर्षीय रोहन तामाङ, चितवनकै कालिका नगरपालिका–९ का २३ वर्षीय विशाल मगर र कपिलवस्तुको तौलिहवा नगरपालिका–१ का ३५ वर्षीय मो सरपराज छन् । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

“घाइतेको उपचार भइरहेको छ,” डीएसपी खनालले भने, “घाइते सामान्यदेखि मध्यम घाइतेसम्म छन् ।”

घटनाको कारण खुल्न बाँकी रहेको र कुटपिटमा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...
us-police_TuyCjfTbzQ

अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए

वासिङ्टन । अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको...
sasmit-1781265588

सातै प्रदेश पुगेर सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौं, साउन ३० । शिक्षा मन्त्रालयले सातै प्रदेशमा शिक्षा सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ। शिक्षा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०