"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण

Table of Content

जलवायु प्रणाली एल निनोको प्रभाव यसवर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ । विशेषगरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनोमध्ये एकको सामना गर्दैछ ।

वैज्ञानिकहरुका अनुसार अबको एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो सन् २०१५–१६ मा देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ ।

अमेरिकी वैज्ञानिकहरुले गरेको पछिल्लो प्रक्षेपणअनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछापालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ । यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिणी ब्राजिलमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।

पर्याप्त वर्षाले माटोमा चिस्यान बढाउँदा भटमास, मकै र गहुँजस्ता प्रमुख बालीको उत्पादन बढ्न सक्छ । तर वर्षा अत्यधिक भयो भने यही अवस्था संकटमा परिणत हुन सक्छ । बाढी, खेतमा अत्यधिक चिस्यान, बालीमा ढुसीजन्य रोग, मलका पोषक तत्व बग्ने समस्या र कृषि सडक अवरुद्ध हुँदा किसानले उत्पादन तथा बजारसम्मको पहुँचमा कठिनाइ भोग्न सक्ने चिन्ता बढाएको छ ।

विश्वको प्रमुख सोयाबिन निर्यातक ब्राजिलमा एल निनोको प्रभाव अझ बढी देखिने अनुमान छ । उत्तरी ब्राजिल र अमेजन क्षेत्रमा खडेरी बढेमा नदीको पानीको सतह घट्न सक्ने र अमेजनका नदीहरू कृषि उत्पादन बजार र बन्दरगाहसम्म यसको प्रभाव देखिन सक्ने अनुमान छ  ।

 नदीमा पानी घटेपछि ठूला जहाज सञ्चालनमा समस्या आउन सक्छ । यसले ढुवानी क्षमता घटाउने, लागत बढाउने र अन्ततः विश्व बजारमा कृषि वस्तुको आपूर्तिमा दबाब सिर्जना गर्ने जोखिम बढाउँछ । यसले विश्वव्यापी आपूर्ति शृंखलामै थप दबाब सिर्जना गर्न सक्ने चिन्ता बढाएको छ ।

एल निनो अपेक्षाभन्दा शक्तिशाली बन्यो भने, यसको असर मौसमको समाचारमा मात्र सीमित रहने छैन; यसले विश्वको खाद्य आपूर्ति, ऊर्जा बजार, ढुवानी लागत र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रभाव पार्न सक्छ । त्यसैले यसवर्षको एल निनोलाई केवल एउटा मौसमी घटना नभई विश्वव्यापी आर्थिक जोखिमको संकेतका रूपमा समेत हेरिन थालेको छ ।

एल निनो एक जलवायु प्रणाली हो, जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ । जब एल निनो अत्यधिक बलियो हुन्छ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम औसतभन्दा दुई डिग्री वा त्योभन्दा बढी हुन्छ, त्यसलाई ‘सुपर एल निनो’ भनिन्छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

bagmati-pradesh-mukhyamantri-office_final_one_VEa022mdcV

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

काठमाण्डौ — बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । प्रदेश...
PM-Modi-1786771336

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदै : लालकिल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन

भारतले आज ८० औँ स्वतन्त्रता दिवस मनाउँदैछ । दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ...
us-police_TuyCjfTbzQ

अमेरिकाको मिसिगनमा गोली हानाहान, दुई घरमा ६ जनाको मृत्यु, सन्दिग्ध आक्रमणकारी पनि मारिए

वासिङ्टन । अमेरिकाको मिसिगन राज्यमा दुई छुट्टाछुट्टै घरमा भएको गोलीबारीमा कम्तीमा ६ जनाको मृत्यु भएको...
sasmit-1781265588

सातै प्रदेश पुगेर सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौं, साउन ३० । शिक्षा मन्त्रालयले सातै प्रदेशमा शिक्षा सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ। शिक्षा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०