"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

Table of Content

विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको संकेत देखिएको छ ।

तर अमेरिका र इरानबीच मुख्य विषयमा अझै गहिरो मतभेद कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ताभित्र सम्झौता हुन सक्ने दाबी गर्नुभएको छ । ट्रम्पले सम्झौता हुन नसके इरानविरुद्ध सैन्य कारबाही हुन सक्ने चेतावनी दिनुभएको सीएनएनले जनाएको छ । यता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानको पहलमा अस्थायी व्यवस्थाबारे मात्रै छलफल भइरहेको जनाएको छ ।

इरानी अधिकारीहरूले वार्ता लम्बिनुको मुख्य कारण अमेरिकी हस्तक्षेप र ट्रम्पको चेतावनी रहेको आरोप लगाएका छन् । यसैबीच, इरानले हर्मुज जलमार्गमा ‘नयाँ मध्य मार्ग’ बनाउने प्रस्ताव अघि सारेको छ । यो प्रस्तावअनुसार समुद्री सुरक्षादेखि जलमार्ग व्यवस्थापन र आवश्यक सेवामा इरानले प्रमुख भूमिका पाउनुपर्ने माग गरेको छ । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै पनि देशले अन्तर्राष्ट्रिय जलमार्गमाथि नियन्त्रण कायम गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत हुने भन्दै त्यसले विश्वका अन्य क्षेत्रका लागि पनि गलत उदाहरण बन्न सक्ने चेतावनी दिनुभएको छ ।

यद्यपि कतारसहित केही खाडी देशहरूले भने वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन् । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सको औपचारिक समर्थनबिना कुनै पनि सम्झौता कार्यान्वयनमा जान कठिन हुने विश्लेषण गरिएको छ । सहमति भए पनि विदेशी व्यापारिक जहाज र अमेरिकी नौसैनिक जहाजको आवागमन, जहाजले बोकेको सामानबारे इरानले कति जानकारी पाउने, तथा अमेरिकाले लगाएका प्रतिबन्धमा के परिवर्तन हुने भन्ने विषयमा अझै सहमति जुट्न बाँकी छ ।

यसअघि हर्मुज जलमार्ग लगभग बन्द हुँदा दैनिक झण्डै १ करोड ५० लाख ब्यारेल कच्चा तेल विश्व बजारमा पुग्न सकेको थिएन । विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउदी अराम्कोका अनुसार अहिले नै मार्ग पूर्ण रूपमा खुले पनि घटेको विश्व तेल भण्डार पुनः सामान्य अवस्थामा पुग्न झण्डै १८ महिना लाग्न सक्छ । सहमतिले अन्तर्राष्ट्रिय तेल बजार, ऊर्जा सुरक्षा र मध्यपूर्वको भूराजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Arrestq-1735631732

बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मंगलबार पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा...
20th-asian-games-1785977091

२० औँ एसियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

२० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।...
1769076389-4yTS1

वडास्तरमै मतदाता नामावली अद्यावधिक, स्थानीय तहलाई सहजीकरण गर्न आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि...
Harmuz_waterway_xsdwVqwAhX

हर्मुज जलमार्ग विवादबारे सहमतिको संकेत, तर मतभेद कायमै

विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलमार्ग सम्बन्धी अस्थायी सहमतिको प्रयास निर्णायक चरणमा पुगेको...
1-1785931917

सार्वजनिक पुस्तकालयको ताला खुल्यो, पुस्तकका पाना खोल्न बाँकी

काठमाण्डौ – झण्डै चार महिनादेखि बन्द भृकुटीमण्डपको काठमाण्डौ उपत्यका सार्वजनिक पुस्तकालयमा लगाएको तालाबन्दी हिजो खुलेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०