"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रौतहटमा पशु मार्दै आतंक मच्चाइरहेको सिकारी कुकुर वन कार्यालयको धरापमा

Table of Content

रौतहट । रौतहटका विभिन्न गाउँमा पसेर बाख्रा तथा अन्य घरपालुवा जनावर मार्दै आतंक मच्चाइरहेको सिकारी कुकुर अन्ततः डिभिजन वन कार्यालय रौतहटको धरापमा परेको छ।

वन कार्यालयले चितवनबाट ल्याइएको प्राविधिक टोलीको सहयोगमा जिल्लाको औरैया क्षेत्रमा विशेष ट्र्याप (धराप) बिछ्याएको थियो। सोही धरापमा उक्त सिकारी कुकुर परेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोजकुमार ठाकुरका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त सिकारी कुकुर भारतको बिहार राज्यमा समेत आतंक फैलाउँदै नेपाल प्रवेश गरेको देखिएको छ। नेपाल प्रवेश गरेपछि यसले रौतहटका विभिन्न क्षेत्रमा घरपालुवा पशुमाथि आक्रमण गरिरहेको प्रारम्भिक निष्कर्ष निकालिएको उनले बताए।

पछिल्लो एक महिनादेखि गरुडा नगरपालिका, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न बस्तीमा रातिको समयमा अज्ञात जनावरले खोरमै पसेर बाख्रा तथा अन्य पशुचौपाया मार्ने घटना बढेपछि स्थानीयवासी त्रसित बनेका थिए।

विशेषगरी गरुडा नगरपालिका–१ जयनगरमा बाख्राको आन्द्राभुँडी निकालेर खाने तथा शरीरका विभिन्न भागमा क्षति पुर्‍याएर मार्ने घटनाले स्थानीयमा थप त्रास फैलिएको थियो। यस्तै प्रकृतिका घटनाबारे ईशनाथ नगरपालिका–१ र ३ तथा दुर्गा भगवती गाउँपालिकाका विभिन्न वडाबाट समेत सूचना प्राप्त भएपछि डिभिजन वन कार्यालयले अनुसन्धान तीव्र बनाएको थियो।

वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सौराहासँग समन्वय गरी प्राविधिक टोली परिचालन गरेको जनाएको छ। प्रारम्भमा आक्रमणकारी जनावरको पहिचान हुन नसके पनि घटनास्थलमा फेला परेका पदचिह्न, आक्रमणको शैली तथा प्राविधिक अध्ययनपछि सिकारी कुकुरमाथि शंका गरिएको थियो।

त्यसपछि औरैया क्षेत्रमा विशेष धराप जडान गरिएको र सोही ट्र्यापमा सिकारी कुकुर परेको वन कार्यालयले जनाएको छ।

वन प्रमुख ठाकुरका अनुसार धरापमा परेको कुकुरको व्यवहार तथा शारीरिक बनोटका आधारमा यो बिहारबाट नेपाल प्रवेश गरेको सिकारी कुकुर नै भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। यद्यपि यसको थप प्राविधिक अध्ययन तथा परीक्षण भइरहेको उनले जानकारी दिए।

वन कार्यालयले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०