"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वीरगञ्जमा सडक विस्तार अभियान अन्तिम चरणमा

Table of Content

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य सडक विस्तारअन्तर्गत सडक सीमाभित्र परेका संरचना हटाउने अभियान अन्तिम चरणमा पुगेको छ। केही दिन स्थगित भएको घर तथा अन्य संरचना भत्काउने कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ।

गत बिहीबार गहवामाईको रथयात्रा, अत्यधिक गर्मी तथा वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाका कारण अभियान अस्थायी रूपमा रोकिएको थियो। सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका फोकल पर्सन दुर्गाप्रसादका अनुसार सोमबार दिउँसो १ बजेदेखि माईस्थान क्षेत्रबाट पुनः संरचना हटाउने कार्य सुरु गरिएको हो।

उनका अनुसार सोमबार माईस्थान क्षेत्रमा साना तथा ठूला गरी करिब एक दर्जन घर भत्काइएको छ। हालसम्म अधिकांश संरचना हटाइसकिएको र अब करिब ८५ वटा घर तथा भवन भत्काउन बाँकी रहेको उनले जानकारी दिए।

फोकल पर्सन प्रसादले अबको चरणमा ठूला संरचना हटाउनुपर्ने भएकाले हाल उपलब्ध स्रोत–साधन पर्याप्त नभएको बताए। आवश्यक वैकल्पिक उपकरणको व्यवस्था गरी सकेसम्म छिटो अभियान सम्पन्न गरिने उनको भनाइ छ।

उनले घण्टाघर क्षेत्रमा रहेको डाबर नेपालको भवन पनि सडक विस्तारअन्तर्गत हटाइने योजनामा रहेको जानकारी दिए। तर सोही क्षेत्रमा रहेको नेपाली सेनाको कम्पाउण्ड वाल र भवन भने तत्कालका लागि नछोइने स्पष्ट पारे।

सडक विभागले पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडक क्षेत्रका करिब १,२०० घर तथा भवनमा डोजर चलाएको थियो। त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो।

विभागले सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र स्वयं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको थियो। तर तोकिएको समयभित्र धेरैले संरचना नहटाएपछि करिब दुई साताअघि दोस्रो चरणको अभियान सुरु गरिएको हो।

सडक विभागका अनुसार दोस्रो चरणअन्तर्गत बाँकी रहेका संरचना हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ भने अभियानलाई छिट्टै सम्पन्न गर्ने तयारी गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०