"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू पदाधिकारीविहीन, आर्थिक र शैक्षिक अनुसन्धानका कार्य प्रभावित

Table of Content

काठमाडौँ । देशभर रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति भए पनि पदाधिकारीमा अझै अन्योल देखिएको छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरे पनि प्रतिष्ठानहरू डिन, रजिष्ट्रार, रेक्टर र निर्देशकविहीन छन् । पदाधिकारीले पूर्णता नपाउँदा रजिष्ट्रार, रेक्टर, डिन र निर्देशक मातहतका कार्यहरू प्रभावित भएको प्रतिष्ठानमा कार्यरत कर्मचारी बताउँछन् ।

रजिष्ट्रार मातहत आर्थिक र प्रशासनिक अधिकार रहन्छ । रेक्टर र डिन मातहत शैक्षिक अनुसन्धानका कार्यक्रम रहन्छन् । यस्तै, निर्देशकले अस्पतालका कार्यहरू सञ्चालन गर्नुपर्ने हुन्छ । प्रतिष्ठानमा कार्यकारी परिषद्समेत पूर्ण हुन सकेका छैनन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौँ (वीर अस्पताल), ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भइसकेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार, शिक्षाध्यक्ष र अस्पताल निर्देशक नियुक्ति हुन सकेको छैन । अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी भने प्रा.डा. इन्द्र लिम्बुलाई जिम्मेबारी दिइएको छ । पदाधिकारी नियुक्ति नहुँदा कार्यकारीणी समिति बैठक र सिनेट बस्न सकस हुने देखिन्छ ।

प्रतिष्ठानका सूचना अधिकारी निरज पोख्रेलले पदाधिकारी नियुक्त नहुँदा दैनिक प्रशासनिक कार्यमा समस्या नभए पनि कार्यकारिणी समितिको बैठक र सिनेट बैठकका लागि समस्या देखिने बताए । उनले भने, ‘प्रतिष्ठानको दैनिक कार्यसञ्चालनमा कुनै बाधा परेको छैन । यदि कार्यकारीणी समितिको बैठक बस्न पर्‍यो भने पदाधिकारीले पूर्णता पाएको छैन ।’

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९(संशोधन २०८३) अनुसार प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्यमा शिक्षाध्यक्ष, रजिष्ट्रार हुने व्यवस्था छ । प्रतिष्ठानबाट सञ्चालन गरिने प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम सम्बन्धी नीति निर्धारण गर्ने, प्रतिष्ठानको नियम बनाउने, प्रतिष्ठानको योजना तथा कार्यक्रमहरू स्वीकृत गर्ने अधिकार परिषद्लाई छ ।

यस्तै कार्यकारिणी समितिले पनि पूर्णता पाउन सकेको छैन । समितिमा शिक्षाध्यक्ष सदस्य र रजिष्ट्रार सदस्यसचिव रहने व्यवस्था छ । कार्यकारिणी समितिले बनाएको कार्यविधि बमोजिम सहकुलपतिले प्रतिष्ठानको शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पतालको निर्देशक नियुक्त गर्ने प्रावधान छ । हाल सहकुलपति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता छिन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि डिन, शिक्षाध्यक्ष र रजिष्ट्रारविहीन छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ (संशोधन २०८३) अनुसार सभा, प्रतिष्ठानको स्वरुपमा प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, अस्पताल पर्छ । प्रतिष्ठानमा अझै डिन, रजिष्ट्रार, शिक्षाध्यक्ष, निर्देशक पदपूर्ति हुन सकेको छैन ।

डिन, रजिष्ट्रार, रेक्टर सभाको सदस्य रहने प्रावधान छ । जसले गर्दा प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने कार्य प्रभावित बनेको छ । यस्तै, प्रतिष्ठानको नियम स्विकृत, वार्षिक बजेट पारित, प्राज्ञिक परिषद्को सिफारिसमा सम्बन्धित व्यक्तिलाई उपाधि, प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदानजस्ता कार्य प्रभावित हुने देखिन्छ ।

डिन र शिक्षाध्यक्ष कार्यकारी परिषद्को सदस्य रहने व्यवस्था छ भने रजिष्ट्रार सदस्यसचिवका रुपमा रहने प्रावधान छ । प्रतिष्ठानको संरचनामा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग र अस्पताल छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि डिन, शिक्षाध्यक्ष, रेक्टर, रजिष्ट्रार, निर्देशकविहीन छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६४ (संशोधन २०८३) अनुसार प्रतिष्ठानको स्वरुप अन्तर्गत् सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, विद्या परिषद्, सङ्काय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था, अस्पताल छ । सभासहितका निकायमा रजिष्ट्रार, डिन, निर्देशकको प्रतिनिधित्व हुने प्रावधान छ । यी पदहरू रिक्त रहँदा प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत, प्रतिष्ठानको वार्षिक वजेट, नियम स्वीकृतमा सकस हुने देखिन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि पदाधिकारी विहीन छ । प्रतिष्ठान ऐन २०६८ (संशोधन २०८३) अनुसार प्रतिष्ठानको स्वरुपमा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, छनोट समिति, विद्या परिषद्, सङ्काय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल पर्छन् । यीमध्ये केहीमा शिक्षाध्यक्ष, डिन, निर्देशक, रजिष्ट्रार सदस्य रहने व्यवस्था छ ।

यसपटक उपकुलपति चयनका लागि सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ निर्माण गरी खुला र पारदर्शी प्रक्रिया अपनाएको थियो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी पनि पूर्णता पाउन सकेको छैन । प्रतिष्ठान ऐन २०७२ (संशोधन २०८३) अनुसार प्रतिष्ठानको संरचनामा सभा, प्राज्ञिक परिषद्, सङ्काय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल पर्छन् । वार्षिक कार्ययोजना, खरिद गुरुयोजनाका कार्यहरूमा अप्ठ्यारो भएको प्रतिष्ठानका एक अधिकारीले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि पदाधिकारीविहीन छ । प्रतिष्ठान ऐन २०७४(संशोधन २०८३) अनुसार प्रतिष्ठानको संरचनामा सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, विद्या परिषद् संकाय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल पर्छन् । सभाको गठन सम्बन्धी व्यवस्थामा रजिष्ट्रार सदस्यसचिव हुने उल्लेख छ । प्रतिष्ठानका गुनासो सुन्ने अधिकारी शालिकराम कालाथोकीले रेक्टर, रजिष्ट्रार, डिन र निर्देशक नियुक्त नभएको बताए । उनले भने, ‘निमित्त निर्देशक भनेर तोकिएको छ । रेक्टर र रजिष्ट्रार अझै नियुक्त हुनु भएको छैन ।’

गत असार २४ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिहरू नियुक्त भएका थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की नियुक्त भएका  थिए । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णालीमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्रले उपकुलपतिको जिम्मेवारी पाएका थिए ।

यसपटक उपकुलपति चयनका लागि सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ निर्माण गरी खुला र पारदर्शी प्रक्रिया अपनाएको थियो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

RS_KTM-IMG_20260824_132639-1787571334 (1)

सामाजिक सञ्जाल, सडक हुँदै संसद्मा पनि खोजियो मृत्युदण्डको कानुन

काठमाण्डौ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।...
WhatsApp Image 2026-08-24 at 3.46.29 PM

राप्ती–७, वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा गरिमा चौधरीका लागि न्यायको माग

राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा आज कक्षा केजीदेखि १० सम्मका विद्यार्थीहरूले बाराको सिमरामा बलात्कारपछि...
swarnim-bulb_twYD6nUHoI

विद्युत् महसुल घटाउने सरकारको तयारी : पुनरवलोकन समितिको म्याद थपिँदै

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले...
simara-rape-accused-video_g7C0pxSeMm

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा...
1787556667-qL72S

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०