"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवन राइनोजका क्रिकेटर रिजन ढकाललाई गृहजिल्ला हेटौँडामा सम्मानको ओइरो

Table of Content

हेटौँडा, मंसिर ।

चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेको हो ।

आइतबार हेटौँडा आएदेखि मङ्गलबारसम्म ढकाललाई विभिन्न सङ्घसंस्थाले सम्मान गर्दैआएका छन् । देव्रे हाते तीव्र गतिका बलर ढकाललाई हेटौँडा उपमहानगरपालिकाले रु एक लाखसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उनी हेटौँडा उपमहानगरपालिका–२ का बासिन्दा हुन् ।

यस्तै ढकाललाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसले पनि रु एक लाखसहित सम्मान गरेको छ । उनलाई बालजागृती इङ्लिस स्कुलले रु २५ हजारसहित सम्मान गरेको छ । हेटौँडा–४ हुप्रचौरमा रहेको डिडिसी आउटलेटले पनि सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ नम्बर वडा कार्यालय, हेटौँडा २ पुरानो मकवानपुर रोडमा रहेको निको अस्पताल प्रालिले पनि रिजनलाई सम्मान गरेको छ ।

यस्तै २ नम्बर वडा कार्यालले ढकाललाई रु ३५ हजार र अस्पतालले नगदसहित सम्मानपत्र प्रदान गरेको हो । साथै, अस्पतालले उनको परिवारका सदस्यको एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा समेत गरेको छ । गृह जिल्लाका विभिन्न सङ्घसंस्थाले सम्मान गर्दा आफूलाई थप हौसला मिलेको ढकालले बताए ।

“गृह जिल्लामा यति धेरै माया पाउँदा निकै खुसी छु । आगामी दिनमा निरन्तर क्रिकेट खेलमै लाग्न हौसला मिलेको छ”, उनले भने । ढकालले एनपिएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बनेका थिए । सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन राइनोजका क्रिकेटर रिजन ढकाललाई गृहजिल्ला हेटौँडामा सम्मानको ओइरो

हेटौँडा, मंसिर । चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न सङ्घसंस्थाले सम्मान गरेको हो । आइतबार हेटौँडा आएदेखि मङ्गलबारसम्म ढकाललाई विभिन्न सङ्घसंस्थाले सम्मान गर्दैआएका छन् । देव्रे...

बाढी प्रभावितको अन्तिम सूची तयार गरी तत्काल राहत बाँड्न पालिकालाई आग्रह

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणका लागि सङ्घीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत हिजो आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले प्रभावित नागरिकसम्म ढिलाइ नगरी प्रभावकारी ढङ्गले राहत पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले अन्तिम सूची तयारी गरी...

कूटनीतिको फेरिँदो लय : विकास प्राथमिकता, मौन हुँदै राष्ट्रिय मुद्दा

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई उपलब्धिको सूचीबाट मात्रै मूल्याङ्कन गर्ने हो भने वालेन्द्र शाहको भ्रमण पनि सफलताको खातामा दर्ज भएको छ । विकास आयोजना, आर्थिक सहायता, हवाई मार्ग, पारवहन र ऊर्जा सहकार्यका विषयमा केही नयाँ समझदारी बनेका छन् । तर नेपाल–भारत सम्बन्धका जटिल र संवेदनशील मुद्दा जहाँ थिए, त्यहाँबाट खासै अघि बढेका छैनन् । भ्रमणले विकासको...

नारायणी महोत्सवमा भोलि ७ गते कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी जनजातीको साँस्कृतिक...

चितवनका सीडीओको स्टन्ट फ्लपः दुई महिनादेखि ‘राइनो क्रुज’ नारायणीमा बेवारिसे

चितवनः चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ। नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ। गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो। बाढीको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०