"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

फिफाले भन्यो – ‘कसैले पनि फुटबल बेचिरहेको छैन’

Table of Content

काठमाण्डाै – निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै फिफाले ‘कसैले पनि फुटबल बिक्री गरिरहेको छैन’ भनेको छ ।

युरोपेली फुटबलको नियामक निकाय ‘यूईएफए’ ले यो योजना अघि बढेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ ।

उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको विश्वकप आयोजना गरेको संस्था ‘कोन्काकाफ’ ले आफ्ना ४१ सदस्य सङ्घहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई ‘अस्वीकार’ गरेको जनाएको छ ।

फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका २११ सदस्यमध्ये १०६ को समर्थन आवश्यक पर्नेछ । यूईएफए र कोन्काकाफका सदस्यहरूको कुल मत सङ्ख्या ९६ छ ।

फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया ‘गलत सञ्चारमाध्यमका समाचारहरूका कारण अवरुद्ध भएको’ दाबी गरेको छ ।

‘सार्वजनिकरूपमा व्यक्त गरिएका सुझाव र चासोको हामी सम्मान गर्छाैँ तथा खुला र लोकतान्त्रिक परामर्शप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँछौँ । प्रत्येक सदस्य संस्थाले तथ्यका आधारमा आफ्नो मत व्यक्त गर्न सक्ने सुनिश्चित गर्न हामी यो परामर्श प्रक्रिया अघि बढाउनेछौँ । कसैले पनि फुटबल बेचिरहेको छैन’, विज्ञप्तिमा उल्लेख छ ।

फिफाले विश्वकपलगायतका आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-07-31 143245

एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)

मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरुमा तनाव सिर्जन भएको छ । आगजनी तोडफोडका घटना भएका...
761812204_1064857226001716_7093000943524956822_n

सिरहामा बालेन सरकारविरुद्ध चर्कियो आक्रोश ! गृहमन्त्रीलाई गाउँ प्रवेशमै रोक्ने चेतावनी

सिरहामा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार, आफन्त र स्थानीयवासीले प्रधानमन्त्री बालेन्द्र...
1784953773_Bank-1200x560

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको दुईमहिने...
infANtino1_QE4goZSTHB

फिफाले भन्यो – ‘कसैले पनि फुटबल बेचिरहेको छैन’

काठमाण्डाै – निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै...
tu_tribhuvan_university_7JnLrHFvK3

मधेश प्रदेशका ११ केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित

काठमाण्डौ — त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०