"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सङ्घीय संसद्का दुई समितिको बैठक बस्दै, प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ हुने

Table of Content

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ । बुधबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ः१५ बजे बस्ने तय भएको छ । उक्त बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यक्रम छ । उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रमुख आयुक्त कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ । 

यसअघि समितिले मङ्गलबार निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ गरिसकेको छ ।

त्यसैगरी, बिहान ११ः०० बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सो बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्य योजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०