चितवन । सरकारले किशोरकिशोरीबीच आपसी सहमतिमा भएको यौ’न सम्ब’न्धलाई निश्चित सर्त पूरा भएमा ज’बरज’स्ती क’रणी नमान्ने गरी कानुन संशोधनको तयारी गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मुलुकी अ’परा’ध संहिताको दफा २१९ संशोधन गर्ने गरी विधेयकको मस्यौदा तयार पारेको हो।
हाल प्रचलित कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको मञ्जुरीमै यौ’न स’म्बन्ध राखे पनि त्यसलाई ज’बरज’स्ती कर’णी मानिन्छ। तर प्रस्तावित संशोधनले प्रेम सम्बन्धमा रहेका किशोरकिशोरीबीच आपसी सहमतिमा भएको यौ’ न सम्ब’न्धलाई निश्चित सर्तका आधारमा फरक ढंगले सम्बोधन गर्ने व्यवस्था गर्न खोजेको छ।
नोट: यो हाल विधेयकको मस्यौदामा प्रस्तावित व्यवस्था हो, लागू भइसकेको कानुन होइन।
