"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गरेका एमाले र नेकपाले मधेश र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने

Table of Content


काठमाण्डौ –
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने सहमति गरेका छन् ।

सहमतिअनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् । मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको  छ । दुवै दलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन् ।

कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेश र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ ।

ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ । त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन । पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ ।  f5b5aae7-3146-4653-ab49-a4f6b7eb2757-1784981461-1784982384.jpg

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०