"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मनहरी–२ मा जीविकोपार्जन र रोजगारीका अवसर तथा चुनौतीबारे छलफल

Table of Content

हेटाैँडा । शान्तिका लागि साझा अभियान (कोक्याप) ले मनहरी गाउँपालिका–२ मा स्थानीय सरकारको नीति, योजना तथा कार्यक्रमअन्तर्गत जीविकोपार्जन र रोजगारी अभिवृद्धिका अवसर तथा चुनौतीबारे एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाले वडामा रहेका रोजगारीका सम्भावना र त्यसमा देखिएका समस्याबारे छलफल गरेका थिए। छलफलका क्रममा कृषि, पशुपालन, साना घरेलु उद्योग तथा पर्यटन क्षेत्रलाई स्थानीय रोजगारी सिर्जनाका प्रमुख आधारका रूपमा पहिचान गरिएको छ।

सहभागीहरूले परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक रूपमा विकास गर्न सके स्थानीय युवालाई रोजगारीका लागि बाहिरिनुपर्ने अवस्था कम हुने धारणा राखेका छन्। तरकारी तथा फलफूल खेती, पशुपालन, माछापालन र कुखुरापालनमा राम्रो सम्भावना रहेको उनीहरूको भनाइ थियो।

त्यस्तै गलैँचा उद्योग, टेलरिङ, सैलुन, डेरी, बेकरी, मिल, घट्ट, खुद्रा पसल, ग्यारेज, जैविक मल तथा साबुन उत्पादन, चोयाका सामग्री निर्माणजस्ता घरेलु उद्योग विस्तारको सम्भावना रहेको कार्यक्रममा औँल्याइएको छ। क्रसर, इँट्टाभट्टा, फर्निचर उद्योग, पर्यटन, केराको रेशा उत्पादन तथा होटल व्यवसाय पनि स्थानीय स्तरका सम्भावित रोजगारीका क्षेत्रका रूपमा पहिचान गरिएको छ।

कार्यक्रममा जीविकोपार्जन र रोजगारी विस्तारमा देखिएका चुनौतीबारे पनि छलफल गरिएको थियो। उन्नत जातका बीउबिजन, मल तथा सिँचाइको अभाव, उन्नत पशुपक्षी उपलब्ध हुन नसक्नु, सीपमूलक तालिम र दक्ष जनशक्तिको कमी, माटो परीक्षणको अभाव, वन्यजन्तुको आक्रमण, बाढीपहिरोको जोखिम तथा कृषि उपजको बजार व्यवस्थापन कमजोर हुनु प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ। घरेलु उद्योग सञ्चालनमा आवश्यक सीप, स्रोतसाधन र बजारीकरणको अभाव पनि समस्या रहेको सहभागीहरूले बताएका छन्।

ठूला उद्योग सञ्चालनमा मध्यवर्ती (बफरजोन) क्षेत्रसम्बन्धी नियम प्रमुख बाधक रहेको स्थानीयको गुनासो छ। मध्यवर्ती क्षेत्रभित्र क्रसर तथा फर्निचर उद्योग सञ्चालनमा प्रतिबन्ध रहेकाले उद्योग विस्तार प्रभावित भएको उनीहरूको भनाइ छ। पर्यटन तथा होटल व्यवसायका लागि आवश्यक पूर्वाधारसमेत पर्याप्त नभएको कार्यक्रममा उल्लेख गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा मनहरी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार पाख्रीनले विगतका आर्थिक वर्षमा सडक, खानेपानी, विद्युत् प्रसारणलगायत भौतिक पूर्वाधार विकासमा उल्लेख्य काम भएको बताए । आवश्यकताअनुसार विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको र कृषि तथा पशुपालन क्षेत्रमा अनुदानका कार्यक्रमसमेत सञ्चालन हुँदै आएको उनले जानकारी दिए ।

वडाध्यक्ष पाख्रीनले आगामी आर्थिक वर्षहरूमा स्थानीय आवश्यकता र सुझावका आधारमा योजना तथा कार्यक्रम तर्जुमा गरी वडालाई बेरोजगारमुक्त बनाउने लक्ष्य रहेको बताए । कोक्याप बागमती प्रदेशकी कार्यक्रम अधिकृत सुजता पौडेलले सञ्चालन गरेकाे कार्यक्रममा वडा सदस्य सुकराम मुक्तान, कृष्णबहादुर रुम्बा, चमेलीमाया थिङ, कमला विक, सञ्चारकर्मी सूर्यबहादुर गोले तथा टोल विकास संस्थाका अध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रमबाट संकलित सुझावले स्थानीय सरकारलाई आगामी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास आयोजकले जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Red and Black Modern Breaking News Instagram Post - 2026-07-23T152009.058

चितवन प्रशासनद्वारा राष्ट्रिय परिचयपत्र सेवाको समय विस्तार, बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा

चितवन प्रशासनद्वारा राष्ट्रिय परिचयपत्र सेवाको समय विस्तार, बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा चितवन,...
Health-seva_bagmati-gaupalika-2

मकवानपुरको बागमतीमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालन

हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा १५ शय्याको सहिद स्मृति आधारभूत अस्पताल सञ्चालनमा आएको छ...
gapa-manahari

मनहरी–२ मा जीविकोपार्जन र रोजगारीका अवसर तथा चुनौतीबारे छलफल

हेटाैँडा । शान्तिका लागि साझा अभियान (कोक्याप) ले मनहरी गाउँपालिका–२ मा स्थानीय सरकारको नीति, योजना...
IMG_1283-1280x720 (1)

यातायातकर्मीसँग माइती नेपाल : महिला बेचबिखन न्यूनीकरणमा सहयोग गर्न आग्रह

भरतपुर । माइती नेपाल चितवनले सवारी चालकहरुसँग अन्तर्क्रियागरेको छ । महिला तथा बालबालिकाहरुलाई सुरक्षित यात्रा...
Drone-1784780365

अमेरिकी सिआइए केन्द्रमा भएको इरानी आक्रमणमा रुसले सहयोग गरेको आशङ्का

काठमाण्डौ – मध्यपूर्वका विभिन्न क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सिआइए) का गोप्य केन्द्रहरूमा इरानले गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०