"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

Table of Content

काठमाण्डाै – भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा ऊर्जा, उड्डयन, व्यापार, शिक्षा र खेलकुदसहित द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने भ्रमणका लागि आजै काठमाण्डाै आइपुग्नुभएका मिस्रीले सचिव राई नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ ।

यो भ्रमणलाई आउँदो मङ्सिर पहिलो हप्ता हुने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको अन्तिम तयारीका रूपमा हेरिएको छ ।

मङ्सिर पहिलो हप्ताका लागि तय हुन लागेको प्रधानमन्त्रीको भ्रमणका एजेन्डा र सम्झौतामा सहमति जुटाउन विदेश सचिव मिस्रीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ ।

भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

गएको आमचुनावपछि भारतबाट नेपाल भ्रमण गर्ने मिस्री सर्वोच्च कूटनीतिक अधिकारी हुनुहुन्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाण्डाै – भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा ऊर्जा, उड्डयन, व्यापार, शिक्षा र खेलकुदसहित द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटमा मन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । परराष्ट्र सचिव अमृतबहादुर राईको...

जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी

काठमाण्डाै – रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सीधा रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि भोलिदेखि प्राविधिक परीक्षण अर्थात् ‘ट्रायल रन’ शुरू गरिँदैछ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार भन्सार, सुरक्षा र सञ्चालन प्रक्रियाबारे सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ भने अन्तिम लाइसेन्स प्राप्त...

टी–२० अलराउन्डर वरीयता : दीपेन्द्र एक स्थान तल झरे

काठमाण्डाै – आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा नेपाली टी–२० टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान खस्किँदै छैटौँ स्थानमा झरेका हुन् । दीपेन्द्र टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानसम्म उक्लिन सफल भएका थिए । यो नेपाली क्रिकेट इतिहासमै कुनै पनि खेलाडीले...

सरकारले दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनायाे

काठमाण्डाै – सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ । एआईजी मनोज केसी...

स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने

काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा ‘डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवाको शुभारम्भ गरेको छ। बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत यो प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याएको हो। पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गरी यसको सुरुवात गरिएको बोर्डले जारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०