नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् ।
नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए ।
‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन् । पक्राउ पुर्जी दिइएको छैन,’ पौडेलले लेखेका छन् ।
प्रहरी स्रोतका अनुसार साइबर ब्यूरोको अनुरोधमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुवेदीलाई नियन्त्रणमा लिएको हो ।
उनलाई समाचारको स्रोत खोज्न भन्दै प्रहरीको भ्यानमै राखेर लगिएको नेपाल प्रेसका एक पत्रकारले बताए ।
