"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नारायणी नदीकिनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया

Table of Content

भरतपुर । हालैको बाढीपहिरोले नारायणी नदीकिनार क्षेत्रमा पुर्‍याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका कारण नदीकिनारको क्षति मूल्याङ्कन, कटान रोक्ने स्थायी संरचना निर्माण र दीर्घकालीन नदीकिनार व्यवस्थापनका विषयमा गहन मन्थनसहित भावी रणनीतिबारे चर्चा गरिएको थियो । कार्यक्रममा भरतपुर–१ स्थित नारायणगढ बजारमा रहेको नारायणी नदीकिनारको तटीय क्षेत्रलाई सौन्दर्यीकरण गरी मनोरञ्जनात्मक स्थलको रूपमा विकास गर्न गुरुयोजना तर्जुमा प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको थियो ।

बर्खायाममा नारायणी नदीमा आउने बाढीका कारण नारायणगढ बजार तथा नारायणी तटीय क्षेत्रहरू निरन्तर जोखिममा पर्दै आएकाले अबका निर्माण तथा व्यवस्थापनका कामहरू दिगो र दीर्घकालीन हुनुपर्नेमा छलफलका क्रममा वक्ताहरूले विशेष जोड दिएका थिए । बाढीले बगाएका तथा क्षति पुर्‍याएका संरचनाहरूको तत्काल मर्मत–सम्भार गर्नुका साथै भविष्यमा हुनसक्ने कटान रोक्न प्रभावकारी तटबन्ध र ’रिभरफ्रन्ट’ विकास आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा प्राविधिकहरूले जोड दिएका थिए ।

यसैबीच, सहरी विकास तथा सिँचाइ आयोजनाका प्रतिनिधिहरूले नदीकिनार क्षेत्रको भौगर्भिक र जलवैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन पुनर्निर्माणका योजनाहरू कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । नारायणी नदीकिनारको तटीय क्षेत्रलाई सौन्दर्यीकरण गरी मनोरञ्जनात्मक क्षेत्र बनाउने गुरुयोजनाका सम्बन्धमा विगतमा सम्बन्धित निकायहरूबाट भएका निर्माण कार्यहरू र हालैको बाढीका कारण पुगेको क्षतिबारे गहन छलफल गर्दै स्थलगत निरीक्षण तथा अनुगमनसमेत गरिएको थियो । बाढीले पुर्‍याएको क्षतिको यथार्थ मूल्याङ्कन गरी आगामी दिनमा बाढीबाट जोगाउन सक्ने दिगो तथा स्थायी संरचनाको खाका तयार गर्ने र गुरुयोजना तर्जुमा गर्दा तटीय संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय कोषाध्यक्ष डा. मनोहर प्रधान, चितवन जिल्ला सभापति मिनी माधव खनाल, उपसभापति निर्मला गिरी, भरतपुर नगरसभापति सीता ज्ञवाली र जिल्ला सचिव तेजेन्द्रप्रसाद पौडेल, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख डा. नारायणप्रसाद सुवेदी, सहरी विकास तथा भवन निर्माण विभाग बबरमहलका सिडिई दीपक श्रेष्ठ र इन्जिनियर अप्सना श्रेष्ठ तथा सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कृष्णकुमार महर्जन, इन्जिनियर सिजन श्रेष्ठ, चितवन उद्योग वाणिज्य अध्यक्ष चिरञ्जीवी सुवेदी, निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठ, पूर्वअध्यक्षहरू प्रचण्डलाल प्रधान, सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली र कार्यकारी निर्देशक निलबहादुर केसीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बाढीबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि तीनै तहका सरकार, प्राविधिक निकाय र स्थानीय निजी क्षेत्रबीच बलियो सहकार्य गर्दै नारायणी नदीकिनारलाई सुरक्षित, व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता जनाइएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

युग कल्याण सहकारीद्वारा भावी नेतृत्व विकास तालिम सम्पन्न

चितवन । युग कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, राप्ती नगरपालिका–४, शिवपुर, चितवनको आयोजनामा भावी नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने, सहकारीको भावी नेतृत्व विकास गर्ने तथा संस्थाको आगामी निर्वाचनमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो। कार्यक्रममा संस्थाका ३५ जना...

नारायणी नदीकिनारको दीर्घकालीन व्यवस्थापनबारे अन्तर्क्रिया

भरतपुर । हालैको बाढीपहिरोले नारायणी नदीकिनार क्षेत्रमा पुर्‍याएको क्षति, तटीय क्षेत्रको कटान नियन्त्रण तथा दीर्घकालीन पुनर्निर्माण र सौन्दर्यीकरणका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाढीका कारण नदीकिनारको क्षति मूल्याङ्कन, कटान रोक्ने स्थायी संरचना निर्माण र दीर्घकालीन नदीकिनार व्यवस्थापनका विषयमा गहन मन्थनसहित भावी रणनीतिबारे चर्चा...

राष्ट्रपति पाैडेलद्वारा २ वटा अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्योदश २०८३ जारी गर्नुभएको हो । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो ।...

रास्वपाका सांसद राजेश कुमार चौधरीको अडियो भाइरल: ‘आउँदो निर्वाचनमा क्षेत्र नम्बर १ का ४१ वटै वार्डमा घण्टीको हार हुने’ दाबी

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरीको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अडियोमा पार्टीको कार्यशैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी निर्वाचनमा क्षेत्रका ४१ वटै वडामा पार्टी पराजित हुन सक्ने दाबी गरिएको सुनिन्छ। भाइरल अडियोमा पार्टीको वर्तमान कार्यशैली नसुध्रिए रौतहट क्षेत्र...

विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन : सङ्घीयता र विकासका साझेदारीबारे छलफल हुने

काठमाण्डौ – कोशी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री सम्मेलन–२०८३ आजदेखि विराटनगरमा शुरु हुँदैछ । सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहने दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकासका साझेदारीको विषयमा छलफल केन्द्रित रहनेछ । साथै स्थानीय उद्योगी–व्यवसायीसँग उत्पादन तथा निर्यात प्रवर्द्धनका विषयमा अन्तरक्रिया हुनेछ । सम्मेलनको दोस्रो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०