"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज सोमबार कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

Table of Content

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–द्वितीया, बेलकी ९ बजेर १५ मिनेट उप्रान्त तृतीया । नक्षत्र–स्वाती, रातको १२ बजेर ८ मिनेट उप्रान्त विशाखा । योग–विष्कुम्भ, बेलुकी ९ बजेर ५३ मिनेट उप्रान्त प्रिती । करण–बालव, बिहान ८ बजेर ५३ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर १५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५६ पला ।

आजकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गरगहना, पहिरन, कस्मेटिक तथा खाद्यान्नको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । खानपान, किनमेल तथा मनोरञ्जनमा अधिकांश समय खर्च हुनेछ । होटल तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पुँजी बजारमा होटल तथा फाइनान्स क्षेत्रको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहना  तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको बिक्री तथा मर्मतको व्यापारबाट मनग्गे लाभ हुनेछ भने भौतिक सम्पत्ति प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजारमा आज गरिने लगानीबाट मुनाफा कमाउन सकिनेछ । साँझपख राजनीति तथा समाजसेवामा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव लिएर अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । गरगहना, पहिरन, खाद्यान्न र फर्निचरका सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।  छोटो दुरीको यात्रा हुने तथा आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम देखाएरै अरूको मन लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिँदा कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरूले जनताको सेवामा समय खर्चँदा सम्मान पाइनेछ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) झन्झटिलो यात्रा हुनेछ भने सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार, पहिरन, खाद्यान्न, स्वास्थ्य सामग्रीको बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन तथा अन्य भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । सवारी साधनको बिक्री तथा मर्मतबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । पहिरन, सवारी साधन, फर्निचर, खाद्यान्न तथा स्वास्थ्य सामाग्रीको व्यापारबाट लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र मन्दिर तिरको यात्रा गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा राम्रो स्थानमा स्थानान्तरण हुने योग रहेको छ । पुराना काम सफलता पूर्वक सम्पन्न हुने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरू सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।  

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेपाल–भारत सीमा क्षेत्रमा सडक विस्तारः बोर्डरसम्मको पहुँच सहज हुने, सीमावर्ती गाउँहरू सिधै जोडिँदै

काठमाडौं, असोज २६ – भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् । कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी...

पर्वत चितवन समाज रत्ननगरको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न, निर्वाचित सदस्यहरू सम्मानित

रत्ननगर । पर्वत चितवन समाज रत्ननगरले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०८३ असोज २५ गते रत्ननगर नगरपालिका–१ स्थित दुर्गा मन्दिरको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समाजका सचिव नरहरि पुरीले सहजीकरण गरेका...

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटियो । रोहितले १०१ रनको योगदान...

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ । खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ र आचार्य २ हजार ३४२ मतसहित विजयी हुनुभएको हो । यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित हुनुभयो । महामन्त्रीको...

बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरु

काठमाण्डौ – गोरखाको बुढीगण्डकी नदीमा हिजो आएको बाढीबाट गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोरखाको चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरु...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०