"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै

Table of Content

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ ।

देशभर तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ । काठमाण्डौको खुलामञ्चमा आज दिउँसो २ बजे उद्घाटन हुँदैछ ।

पाँच दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्यसमिति चयन गर्नेछ । प्रतिनिधिको आवास व्यवस्थापन काठमाण्डौका विभिन्न होटलमा गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

आजको उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरू एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलाई निमन्त्रणा गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

यसैगरी भारत, चीन र अमेरिकासहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कुटनीतिज्ञ सहभागी हुँदैछन् । तालिकाअनुसार महाधिवेशनको बन्दसत्र भोलि र पर्सि चल्नेछ ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक तथा नीतिगत दस्तावेज प्रश्तुत गर्नुहुनेछ भने उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । नयाँ नेतृत्व चयनका लागि पर्सि उम्मेदवारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ । मतदान प्रक्रिया २१ र २२ गते सम्पन्न हुने तालिका छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालकाअनुसार मतदान कार्यलाई सहज बनाउन खुलामञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी तीन फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

काठमाण्डाै – सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे । मन्त्रिपरिषद् बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झन्डै १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त...

मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ्यो

काठमाण्डौ – मौसममा सुधार आएसँगै विश्वप्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढेको छ । अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिनयता एबिसी जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको पर्यटन व्यवसायीले बताएका छन् । छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप...

फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै

काठमाण्डौ – फ्लाई दुबईको जहाजमा ककपिटभित्रै पाईलटमाथि बञ्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेका सहचालकको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरु भएको छ । अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त प्रतिआतंकवाद टोलीले ओमानी नागरिक हमाम अल–हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरिरहेको अल जजिराले जनाएको छ । अल–हमामीले झण्डै एक दशकअघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा...

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र, चुनावी कार्यतालिका सार्वजनिक

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरु हुँदैछ । काठमाण्डौको खुलामञ्चमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुन लागेको हो । बन्दसत्र पनि खुलामञ्चमै हुने कार्यक्रम छ । बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत...

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०