"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१८ वर्ष भुटानी जेलमा बिताएका चतुरमान र हस्तबहादुर नेपाल छिर्न नपाएपछि सीमाबाटै फर्किए

Table of Content

पानीटंकी (भारत) — सन् १९९२ मा भुटानी शासकले लखेट्दा चतुरमान तामाङ ६ र हस्तबहादुर राई ८ वर्ष हाराहारीका थिए । उनीहरूलाई त्यतिबेला भुटानी शासकले लखेट्दा नेपाल पसेको यादहरू धमिलो गरी मात्रै सम्झना छ । ‘अलि अलि थाहा पाउँछु’, हस्तबहादुर सम्झिन्छन्, ‘भारतका गाडीहरूले मेची खोलामा छाडेको गएका थिए ।’ 

चतुरमानलाई त त्यो पनि सम्झना छैन । भुटानबाट खलेटिएका नेपालीभाषीहरूलाई पहिला माई खोलाको किनारमा राखिएको थियो । पछि टिमाई, खुदुनाबारी, बेलडाँडी, पथरी शनिश्चरेलगायत झापा–मोरङका शिविरमा राखियो । 

नेपाल आएपछि तामाङ र राई छिमेकीका रुपमा बसेकाले शिविरकै स्कुल सँगै पढे । यद्यपि, स्वदेश फिर्ती अभियान र आन्दोलनका कारण धेरै पढ्न सकेनन् ।  

सन् २००८ तिर पुरानो थातथलो खोज्दै उनीहरू भारतीय सीमानाकामा तैनाथ एसएसबीको आँखा छलेर भुटान सीमा नजिक पुगे । तर, भुटानी सुरक्षाकर्मीले साम्झाङ भन्ने ठाउँबाट दुवैलाई गिरफ्तार गर्यो । त्यसयता उनीहरू छाम्गाङ केन्द्रीय जेलमा थिए । जेल परेपछि परिवारसँग उनीहरूको सम्पर्क टुट्यो । सन् २०१६ सम्म त परिवारका सदस्यहरू कहिले काही भेट्न आउँथे । त्यसपछि उनीहरूले कसैलाई भेट्न पाएका छैनन् । 

पछि थाहा पाए नेपालमा रहेका सबै आफन्त अष्ट्रेलिया र अमेरिका पुर्नवास भइसकेछन् । त्यसपछि त परिवारको सम्बन्ध सात समुद्रपारि नै पुग्यो । हस्तबहादुरकी बहिनी दिदी अष्ट्रेलियामा छन् । उनीहरूले आफन्तमार्फत परिवारको तस्बिर हस्तबहादुरलाई पठाएका थिए । सम्झनाको त्यही कोसेली बोकेर उनी बेलडाँगी फर्किएका थिए । तर, नेपाल नजिकैको पानीटंकीबाट उनी निरास बनेर फर्किए । 

सोमबार उनीहरू १८ वर्ष ६ महिना पछि छुटे । जेलबाट छुटेपछि उनीहरू कहाँ जाने ? कता जाने भनेर रनभुल्ल परेका थिए । दिउँसो १ बजेतिर भुटानी सुरक्षाकर्मीले गाडीमा बस्न भने । उनीहरू लुरूक्क पर्दै बसे । गाडी हुइकियो भारततिर । 

सीमावर्ती जयगाउँ पुगेपछि उनीहरूलई भुटानी सुरक्षाकर्मीले गाडीबाट ओराल्दै भने, ‘बिर्सिएर पनि फर्किएर भुटान नआउनु नत्र फेरि जेलमा कोचिन्छौ ।’ उनीहरूले ‘हुन्छ’ भन्ने आसयमा टाउको मात्रै हल्लाए । 

जयगाउँ बजारमा नेपाल सीमातिर आउने गाडी लागिरहेको थियो । त्यसैमा उनीहरू चढे । सोमबार राति बागडोग्रा नजिकै आएर एउटा होटलमा बसे । मंगलबार विहानै उनीहरू कुम्लोकुटुरोसहित नेपाल नजिकैको सीमावर्ती बजार पानीटंकी ओर्लिए । हस्तबहादुरको परिवारका सदस्यको तस्बिर । उनले यी तस्बिर जेलभित्र पनि संगालेर राखेका थिए । तस्बिरहरू : पर्वत पोर्तेल/कान्तिपुर

सीमामा तैनाथ भारतीय अर्ध सैनिक वल (एसएसबी)ले नेपाल छिर्न दिएन । किन कि उनीहरूसँग परिचय खुल्ने कुनै कागजात थिएन । 

सीमा वारपार गर्न ‘आइडी भेरिफिकेसन’ अनिवार्य छ । एसएसबीले नाकाबाटै फर्काएपछि उनीहरू पुगे रानीगञ्ज अध्यागमन कार्यालय पानीटंकी । त्यहीको खुला मैदानमा दिनभरी नेपाल फर्किने आशामा बसे । 

तर, अध्यागमनका प्रमुख गौतम विश्वासले कुनै देशको परिचय नखुल्ने व्यक्तिलाई आफूले सहयोग गर्न नसक्ने जनाए । 

झापाको बेलडागी शिविरका सचिव सन्चहाङ सुब्बासँग पनि उनीहरूले पानीटंकीबाटै सम्पर्क गरे, शिविर आउने वातावरण मिलाइ माग्न । तर, सन्चहाङले बिना कागजातका मान्छेहरूलाई बुझ्न नमिल्ने बताए । उनले भने, ‘भुटानी जेलले छाडेको प्रमाण लिएर आउनुस् सिसिभ गर्न म आफै आउँछु ।’ 

सुब्बाले यसो भनेपछि दुवैजना मंगलबार साँझ भुटानतिरै फर्किने निधोमा पुगे । त्यसअघि भारतको अध्यागमना कार्यालयका प्रमुख विश्वासलाई उनीहरूले एउटा निवेदन बुझाए । निवेदनमा लेखिएको थियो, ‘हामीसँग कुनै कागजात नभएकाले नेपाल जान सकिएन । अब पुनः भुटानतिरै फर्किन्छौँ । बाँचे फर्किउला ।’ 

झापाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले भुटानी नागरिकलाई राहदानीबिना प्रवेश गर्न नमिल्ने बताएपछि उनीहरू थप निरास बने । न्यौपानेले भने, ‘अध्यागमनको प्रक्रिया पुरा नगरी उनीहरू नेपाल प्रवेश गर्न मिल्दैन ।’ 

१८ वर्ष ३ महिना भुटानी जेलमा बिताएका दुईजना राजबन्दी घर फर्किने बाटो खोज्दाखोज्दै थाकेर साँझ पुनः भुटानतिरै फर्किएका छन् । ‘भुटान पुलिसले फर्किएर नआउनु भनेको छ, तर अब जाने ठाउँ छैन’, मधुमेहका बिरामी चतुरमान भन्छन्, ‘मरे मरियोस् बरू भुटानै फर्किन्छौँ ।’

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०